काठमाडौं, ३ चैत्र (दैनिकी)
बलिउडका मिस्टर परफेक्शनिष्ट आमिर खानबाट हलिउडका प्रख्यात निर्माता जेम्स कैमरून समेत प्रभावित भएका छन्। उनले आमिर खान संग एक चलचित्र बनाउने इच्छा व्यक्त गरेका छन्। जेम्स कैमरून अवतार तथा टाईटानिक जस्ता अति चलेका हलिउड चलचित्रहरुका निर्माता हुन। यि चलचित्रहरु हलिउडकै अति बिशिष्ट चलचित्रको रुपमा गनिनुका साथ इतिहाँस रच्न सफल चलचित्रका रुपमा लिईन्छ। यिनीहरु एक सभामा एक साथ चलचित्रको भविष्यका बारेमा आ-आफ्नो बिचार व्यक्त गर्न भेला भएका थिए।
कैमरूनले, ''आमिर आफ्नो जनम दिनका दिन पनि मलाई भेट्ने समय निकालेर भेट्न आएको म अति हर्षित छु। यसले मेरो उनी प्रतीको आदर बढेको छ, म आमिरसंग काम गर्न चाहान्छु।'' भनेर भने। आमिरले हाल सम्म कुनै पनि हलिउडचलचित्रमा अभिनय गरेका छैनन्। यस समारोहमा आमिर खान,जेम्स कैमरून,रणबिर कपूर तथा असिनले भाग लिएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks