काठमाडौँ, ५ चैत(दैनिकी)
आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मुम्बइ इन्डियन्सले दिल्ली डेयर डेभिल्सलाई ९८ रनले पराजित गरेको छ।
दिल्लीको फिरोज शाह कोटालामा भएको यस खेलमा टस हारेर पहिला ब्याटिङ्ग गरेको मुम्बइ इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । मुम्बइ इन्डियन्सका लागि तेन्दुलकरले ३२ बलमा ११ चौकाको मद्दतले ६३ रन, तिवारीले ३७ बलमा ३ छक्का र ४ चौकाको मद्दतले ६१ रन तथा रायडुले २१ बलमा ३ छक्का र १ चौकाको मद्दतले ३४ रन बनाएका थिए। मुम्बइ इन्डियन्सको तर्फबाट ९ छक्का र १९ चौका प्रहार भएको थियो। दिल्ली डेयर डेभिल्सका लागि महरुफ तथा लड्डाले २, २ विकेट लिएका थिए।
२ सय १९ रनको बिशाल लक्ष्यलाई पछेयाएको दिल्ली डेयर डेभिल्सको टोली १६.३ ओभर नै १२० रन मात्र बनाएर अल आउट भएको थियो। दिल्ली डेयर डेभिल्सको तर्फबाट २ छक्का र १४ चौका प्रहार भएको थियो। दिल्ली डेयर डेभिल्सका लागि सहवागले ४ चौकाको मद्दतले १६ बलमा २६ रन तथा महरुफले २ छक्का २ चौकाको मद्दतले १८ बलमा २८ रन बनाएका थिए। मुम्बइ इन्डियन्सको तर्फबाट हरभजन, ब्राभो तथा जयसुर्याले २,२ विकेट लिएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks