काठमाडौं, ७ चैत्र (दैनिकी)
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्री स्टार क्लबले एपिएफलाई २-० ले हराएको छ। थ्री स्टार क्लबका लागि सन्तोष साहुखलले खेलको २७ औँ मिनेटमा तथा क्यास्टोरी कुम्बाराले ८१ औँ मिनेटमा गरी दुइ गोल गरेका थिए।
शनिबार नै भएको दोस्रो खेलमा नेपाल प्रहरीले मनागं मर्स्याग्दी क्लबलाई १ मात्र गोलले हराएको छ। नेपाल प्रहरीका लागि एक मात्र गोल खेलको ३१ औँ मिनेटमा भोला सिलवालले गरेका थिए।
यस जितका साथ नेपाल प्रहरीले शहिद स्मारक ए डिभिजन लिग फुटवलमा आफ्नो शिर्ष स्थान कायमै राखेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks