बुटवल, ६ चैत (दैनिकी)
सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर गएराति दुइ युवकको मृत्यु भएको छ । बुटवलको व्यस्त ट्राफिकचोकमा इन्धन सकिएर सडक किनारामा रोकिराखेको लु.१ख ३४८७ नं.को ट्रकमा पुष्पलालचोकतर्फाट आउँदै गरेको लु.६प ९०९६ नं.को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सावार रुपन्देही जिल्ला दयानगर गाविस वाडा नं. १ का २१ वर्षीय कलाधर भण्डारी र कपिलवस्तु जिल्ला महेन्द्रकोटा गाविसका २३ वर्षीय अमृत घिमिरको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
उनीहरूको शव पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ भने ट्रक र चालकलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks