बजेट पारित भएको महिनौं बितिसक्दा पनि सडक निर्माणको थालनी भएको छैन
संजय सौगात बुटवल २५ फागुन
सवारी साधनको बढ्दो चाप अनुसार सडक सांघुरो भएकै कारण बिस्तार गरी चार लेनको बनाउने भनिएको बुटवलको सडक निर्माण कार्यमा ढिलाई भएको छ। सडक साघुरो भएकै कारण दिन प्रतिदिन दुर्घटनाहरू तथा सडकजाम बढ्दै गएपछि बुटवलको राजमार्ग चैराहादेखि गोलपार्कसम्मको र महेन्द्रपार्कदेखि तिनाउ पुलसम्मको सडकलाई चार लेनको सडक बनाउन चालु आर्थिक बर्षमा बजेट पारित भईसकेको छ। तर बजेट पारित भएको महिनौं बितिसक्दा पनि सडक निर्माणको थालनी भएको छैन। सडक निमार्ण कार्य सम्पन्न गर्नका लागि अनुमानित सबै खर्च गरेर करिब ११ करोडको बजेट पारीत भईसकेको छ। त्यसमध्येमा ९ करोड ८० लाखको ठेक्का समेत दिईसकेको सडक बिभाग बुटवलले जनाएको छ। निर्माण कार्य पुरा गर्नको लागि लुम्बिनी विल्डर्स भैरहवा, यूनाईटेड कन्ट्रक्सन काठ्माडौं र कान्छाराम कन्ट्रक्सन काठ्माडौंलाई ठेक्का दिईएको छ। कम्पनीलाई एक करोडको पेश्की रकम समेत दिईसकेको सडक बिभाग बुटवलले जनाएको छ। तर उक्त कम्पनीहरूले अझंैसम्म पनि निर्माणको थालनी गरेका छैनन्। सडक बिभाग बुटवलका निमित्त ईन्जिनियर कृष्ण पन्थीले यसअघि दैनिकीसंगको
संबादमा फागुनको पहिलो हप्ताबाट निर्माण कार्य शुरू हुने बताएपनि फागुनको अन्तिम हप्तासम्म पनि निर्माण कार्यको कुनै संकेत देखिएको छैन। पन्थीले सडक निर्माणका लागि सम्पूर्ण प्रक्रियाहरू पुरा भईसकेको भन्दै फागुनको पहिलो हप्ताबाट निर्माण कार्य शुरू गरिने बताएका थिए। हाल कार्यालयका ईन्जिनियर सन्तोष कर्णले ठेक्का संझौता नै ढिलो भएकाले निर्माण कार्य ढिलो हुन पुगेको तर्क दिए। उनका अनुसार सड्क निर्माणका लागि गत मंसिर महिनामा मात्रै निर्माण कम्पनीसंग संझौता गरिएको हो। सडक निर्माणको सर्वे गर्नमै बढि समय लागेकाले पनि ढिलो भएको उनले बताए। उनले निर्माण कार्य शुरू गर्नका लागि आन्तरिक रूपमा कार्य थालनी भएको दावी गदै आगामी चैतको पहिलो हप्ताबाट जसरी पनि निर्माण कार्य थालिने दावी गरे । उनले भने–निर्माण कार्यको पुर्व तयारीहरू पुरा भई सकेको छ, चैतको पहिलो हप्ताबाट जसरी पनि काम शुरू हुन्छ।’ सडक छेउमा रहेका बिजुलीका पोल, खानेपानीका पाईप, ढल निकास लगायतलाई ब्यवस्थापन गर्नको लागि सर्वे कार्यमा बढि समय लागेकाले पनि ढिलाई भएको उनले जानकारी दिए। बिजुली, खानेपानी र ढल निकास ब्यवस्थित गर्नको लगि सम्बन्धित निकायलाई जानकारी गराईसकेको पनि उनले जानकारी गराए। उनले निर्माण कार्यका लागि साईट क्याम्प अफिस स्थापना भईसकेको र आवस्यक जनशक्ति पनि आईसकेको बताउदै निर्माण कार्य थालनीमा ढिलाई नहुने पनि दावी गरे। निर्माण योजना २ बर्ष भित्र पुरा गरिसक्ने गरि संझौता भएकाले २ बर्षभित्र निर्माण योजना पुरा हुने भन्दै निर्माण कार्य थालनीमा संझौता अनुसार खासै ढिलाई नभएको उनकोे भनाई थियो। उनले भने– २ बर्षे प्रोजेक्ट हो खासै ढिलाई भएको छैन, काम समयमै सम्पन्न हुन्छ। हाल निर्माणकार्यको पुर्व तयारी अर्न्तगत सडक छेउमा रहेका करवेष्टहरू हटाउनको लागि परिक्षण भईरहेको उनले जानकारी गराए । निर्माण कार्यको पहिलो चरणका लागि मन्त्रालयबाट ३ करोडको बजेट निकासा भएको छ। त्यसमध्ये एक करोड रूपैया पेस्की स्वरूप ठेक्का कम्पनीलाई दिइएको छ भने बांकी २ करोड बजेटले आगामी असारसम्म मात्र काम गर्न पुग्ने ईन्जिनीयर कर्णले बताए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks