Loving nepal news

Tuesday, March 16, 2010

सिगांपुर व्दारा नेपाल पराजित

एसीसी यू- १६ क्रिकेट प्रतियोगिता
काठमाडौं, ३ चैत्र (दैनिकी)

एसीसी यू- १६ क्रिकेट प्रतियोगिताको फाइनलमा सिगांपुरले नेपाललाइ ६८ रनले पराजित गरेको छ। त्रिभुवन बिश्वबिध्यालयको किर्तिपुरमा भएको फाइनल खेलमा सिगांपुरले पहिला व्याटिगं गर्दै ४० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो। सिगांपुरका लागि बिकाश राजगोपालाले ५८ रन बनाएको थियो। १४७ रनको लक्ष पछ्याएको नेपाललाइ सिगांपुरले २२ ओभरमा मात्र ७८ रनमा अल आउट गरेको थियो। नेपालले २९ रन सम्म कुनै विकेट गुमाएको थिएन तर पछी सिगांपुरका नविन परम तथा साइ पोगंरूको घातक बलिगंले नेपाली व्याटिगंलाइ तहस नहस पारेका थिए। नविन परमले ४ तथा साइ पोगंरूले ३ विकेट लिएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks