Loving nepal news

Saturday, March 20, 2010

मोटरसाइकल माइक्रोबसमा ठोक्किँदा दईजनाको मृत्यु

तनहुँ, ७ चैत। (दैनिकी)

काठमाडौँबाट पोखरा जाँदै गरेको ग.१ख २७०७ नं.को माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग.४प ३९०२ नं.को मोटरसाइकल आबुखैरेनीमा गएराति माइक्रोबसमा ठोक्किँदा मोटरसाइकलमा सवार दईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा धुवाकोट–२ भौलीटारका ४० वर्षीय ठाकुरप्रसाद कँडेल र गोरखा देउरालीका ३० वर्षीय सोमप्रसाद पन्थ रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले मध्यरातमै पृथ्वी राजमार्ग अवरुद्ध पार्नुका साथै माइक्रोबस तोडफोड गरेका थिए। अवरुद्ध भएको आधाघण्टामा बल प्रयोग गरी प्रहरीले राजमार्ग खुलाएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks