काठमाडौं, १७ फागुन (दैनिकी)
ग्याँस आपूर्ति सुचारु गर्ने सम्बन्धमा नेपाल आयल निगम र ग्याँस बिक्रेता व्यवसायीबीच सोमबार पनि वार्ता हुँदैछ । नेपाल आयल निगमको कार्यालयमा हुने वार्तामा मिल्न बाँकी रहेका विषयमा छलफल हुने बताइएको छ ।
ग्याँसको सर्वसुलभ बिक्रि वितरणका लागि आइतबार भएको आपूर्ती मन्त्रालय आयल निगम र ग्याँस विक्रेता संस्थाहरुवीचको वार्ता पनि बिना निश्कर्ष टुङ्गिएको थियो ।
बिकि्र वितरणका लागि यथेष्ट ग्यास आपूर्ती गर्ने बारेमा आयल निगमले प्रतिबद्धता जनाउन नसकेकोले सरकार र ग्यास बिक्रेता व्यवसायीबीचको वार्ता पनि निष्कर्षमा नपुगेको हो । सहमतिमा पुग्न नसक्दा सर्वसाधारण उपभोक्ताले अझै केही दिन खाना पकाउने एल पी ग्याँसको संकट व्यहोर्नुपर्ने भएको छ ।
आइतबार बबरमहलस्थित आयल निगम कार्यालयमा भएको वार्तामा निगमले पर्याप्त ग्याँस आपुर्ती गर्ने लिखीत प्रतिवद्धता जनाउन नसकेकाले वार्ता निष्कर्षमा नपुगेको ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिनुभयो ।
आफ्ना मागप्रती सरकार गम्भिर नभएकाले आफुहरुले ग्यास आपुर्ती सुचारु नगर्ने अर्यालले बताउनुभयो । यसअघि भने नेपाल आयल निगमले ग्याँस बिक्रेतासँग यथेष्ट आपूर्ति गर्ने प्रतिबद्धता जनाएको थियो । आपुर्ती शुचारु गर्ने बिषयमा सोमबार बिहान ९ वजे पुनः वार्ता हुने अर्यालले बताउनु भयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks