Loving nepal news

Tuesday, March 30, 2010

आजबाट धर्म महोत्सव सुरु

भक्तपुर, १७ चैत (दैनिकी)

कृष्ण प्रणामी सेवा समितिले गोठाटारमा हालै निर्माण गरेको कृष्णमन्दिरमा देशका ७५ जिल्ला लगायत विभिन्न राष्ट्रबाट कृष्ण प्रणामी भक्तहरुको ओइरो लागेको छ । महोत्सवमा अमेरिका, बेलायत, जापान, अस्टे्रलिया, भारत, भुटान, माल्दिभ्स, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकबाट १५ हजारभन्दा बढी विदेशी सहभागी भएका समितिका अध्यक्ष हरिकेशव फुँयालले बताउनुभयो । चैत २२ गते सम्पन्न हुने महोत्सवमा नेपाली र विदेशी गरी तीनलाख ५० हजारभन्दा बढी कृष्ण प्रणामीले भाग लिने उहाँले ठोकुवा गर्नुभयो । महोत्सव अवधिभर आउने स्वदेशी तथा विदेशीलाई आवास तथा भोजनको निःशुल्क व्यवस्था गरिएको छ ।
रु. तीनकरोड ५० लाखको लागतमा ३४ रोपनी जग्गामा श्रीकृष्णको विशाल मन्दिर तथा दुइवटा आवासीय भवन निर्माण गरिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks