काठमाडौं, २० फागुन (दैनिकी)
गृहमन्त्री भीमबहादुर रावलले विशेष सुरक्षा कार्यक्रम असफल बनाएर मुलुकमा अस्थिरता र अराजकता मच्चाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । केही स्वार्थी सुरक्षाकर्मी, राजनीतिकर्मी र कर्मचारी त्यस्तो षड्यन्त्रमा सामेल भएको सूचना आफूले पाएको रावलको भनाइ छ । आज रिपोर्र्टर्स् क्लव काठमाडौमा गृहमन्त्री रावलले एकाध घटनालाई लिएर आफूले राजीनामा नदिने स्पष्ट पार्नुभयो ।
विशेष सुरक्षा कार्यक्रममा हस्ताक्षर नगरेर माओवादीले अपराधीलाई प्रोत्साहन र राज्यविहीनताको स्थिति निम्ताएको आरोप मन्त्री रावलको थियो । 'विशेष सुरक्षा योजना लागू भएपछि ७ वटा घटना भएका छन्, नभएको भए ७० वटा घटना भइसक्ने रावलको तर्क थियो । गृहमन्त्री रावलले यो कार्यक्रम ठीक नभए अर्को कार्यक्रम ल्याएर देखाउन माओवादीलाई चुनौती दिनुभयो
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks