सम्बन्धित पक्ष मौन
गिरिराज पंगेनी भैरहवा १५ चैत
रुपन्देहीको एक परिक्षा केन्द्रबाट सेन्ट अप परिक्षामा अनुत्तर्णी भएका एक बिद्यार्थीले आज तेस्रो दिन पनि एसएलसीको परिक्षा दिएका छन् । जिल्लाको दक्षीणी क्षेत्रमा रहेको मर्चवार आदर्श उच्च माबि परीक्षा केन्द्रबाट सेन्टप अनुत्तर्णी शिवकुमार चाहींले परिक्षा दिएका हुन् । २००८३ सिम्बोल नम्वर भएका चाहीं कृषक आदर्श उच्चमाबी बेतकुइयाँले लीएको सेन्ट अप परिक्षामा अनुत्तर्णी भएका थिए ।
यता जिल्ला शिक्षा अधिकारी राकेस श्रीवास्तवले भने यस बिषयमा आफुलाई कुनै जानकारी नै नभएको बताउँदै अझै कारबाहिको कुनै संकेत गरेका छैनन् । सेन्टप परिक्षमा अनुत्तर्णी भए पनि उनले परीक्षा सञ्चालन हुनु केहीदीन अघी बिद्यालयमा पुःन परिक्षा दिन पाउँ भनी निबेदन दिएको र निबेदनलाई प्रधानाध्यापकले पुरानो मितीमा दर्ता गर्राई उनलाई परिक्षमा सामेल गराएको स्रोतले बताएको छ । रुपन्देहीमा केन्द्राअध्यक्षहरु समेत दलीय भागबन्डाको आधारमा चयन गरीएको थियो ।
परिक्षा नियन्त्रण कार्यालय सानोठीमीले २०६६ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षामा अनियमितता गर्नेलाई एक लाख र ६ महिना सम्मको कैद सजाय हुने बताएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks