Loving nepal news

Saturday, March 13, 2010

शाहरुखको कोलकत्ता नाईट राईडर्स बिजयि

काठमाडौं, २९ फाल्गुण (दैनिकी)

गत बर्षको आईपिएल क्रिकेट प्रतियोगिताको बिजेता टोली डेक्कन चार्जर्सलाई शाहरुखको कोलकत्ता नाईट राईडर्सले ११ रनले पराजित गरेको छ। शाहरुखको कोलकत्ता नाईट राईडर्स गत बर्ष दक्षिण अफ्रिकामा भएको यस प्रतियोगिमा अन्तिम स्थानमा रहेको थियो।
मुम्बईमा भएको यस बर्षको आईपिएल क्रिकेट प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ्ग गरेको कोलकत्ता नाईट राईडर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । एक समयमा ३१ रनमा नै ४ विकेट गुमाईसकेको नाईट राईडर्सको पाँचौ विकेटका लागि बेलायती खेलाडी ओवेन शाह तथा श्रीलंकाली मैथ्यूजले १३० रनको साझेदारी गरेर टोलीलाई बिजय बनाउने अवस्थामा पुर्याएको थियो। नाईट राईडर्सका लागी ओवेन शाहले ४६ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५८ रन तथा मैथ्यूजले ४६ बलमा ५ छक्का र ४ चौकाको मद्दतले ६५ र बनाएका थिए। नाईट राईडर्सको तर्फबाट ८ छक्का र ११ चौका प्रहार भएको थियो। डेक्कन चार्जर्सका लागी श्रीलंकाली बलर भासले २ तथा आरपि सिंह तथा जसकरण सिहंले १,१ विकेट लिएका थिए।
१ सय ६२ रनको लक्ष्यलाई पछेयाएको डेक्कन चार्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो। डेक्कन चार्जर्सको तर्फबाट गिलक्रिष्टले ३ छक्का र ३ चौकाको मद्दतले ३५ बलमा ५४ रन बनाएका थिए। यस्तै लक्ष्मनले १ छक्का र २ चौकाको मद्दतले १४ बलमा २२ रन बनाएका थिए। नाईट राईडर्सको तर्फबाट ल्यांगाभेटले २ तथा इसातं शर्मा, लक्ष्मी रतन शुक्ला, मुरली कार्तिक, हज तथा मैथ्यूजले १,१ विकेट लिएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks