राजविराज, ६ चैत (दैनिकी)
सप्तरीको भारदह गाविसमा अनौठो रोगको कारण पशुहरू धमाधम मर्न थालेका छन् । भारदह गाविस वडा नं. ५ र ६ मा पशुहरूमा देखिएको अनौठो रोगका कारण बिहीबारसम्म दूइ दर्जनभन्दा बढी पशु मरेका पीडित किसानहरूले बताएका छन् ।पशुहरूको अत्यधिक मासु भएको भागमा घाउ जस्तो देखिने र पछि कुहिएर एक दूइ दिनमै मर्नेगरेको स्थानीय गङ्गाप्रसाद साहले बताए । स्थानीय व्यक्तिहरू उक्त रोगलाई विच्छा रोग भएको बताउँछन् । उक्त रोगको बारेमा जिल्ला पशुसेवा कार्यालय, सप्तरीलाई पटकपटक अवगत गराउँदा पनि कार्यालयले कुनै वास्ता नगरेको पीडितकिसानहरूको गुनासो छ । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks