काठमाडौं, २८ फाल्गुण (दैनिकी)
मशहूर इंटरनेशनल स्टार एकोनका अनुसार उनी पनि बलिउडका किंग खान यानि शाहरुख खानका ठुलो प्रशंसक हुन। यसैले उनले शाहरुखका साथ चलचित्रमा अभिनय गर्न लागेका हुन। एकोन आजकाल शाहरुखको निमन्त्रणामा भारत भ्रमणमा आएका छन्। उनले शाहरुखको नँया चलचित्र आर वनमा शाहरुखसंग काम गर्ने भएर भारत आएका हुन।
यि सब कुराहरु एकोनले एक प्रेस साक्षात्कारका दौरान व्यक्त गरेका थिए। यस प्रेस साक्षात्कारमा चलचित्रका नायिका करीना कपूरको पनि उपस्थिती थियो। एकोनले यस कार्यक्रममा करीनाको सौन्दर्यलाई तारिफ गर्दै एक गित समेत गाएका थिए।
शाहरुखले पनि भारतमा एकोनको भव्य स्वागत गरेका थिए। उनले एकोनको उपस्थितीमा एक रात्री भोजको समेत आयोजना गरेका थिए जसमा बलिउडका अधिकांस कलाकारहरुको उपस्थिती थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks