Loving nepal news

Wednesday, March 10, 2010

संबिधान निर्माणमा दवाव दिन पत्रकार पैदल यात्रामा

संजय सौगात बुटवल २५ फागुन

समयमै संबिधान निर्माणको लागि दवाव दिने उद्श्यले एक पत्रकारले मेचीमहाकाली पदयात्रा एकल अभियान थालेका छन । बांकेका हाम्रो समाचार दैनिकका पत्रकार शिवकुमार वलीले संबिधान निर्माणको जिम्मा पाएका सभाषदहरुलाई दवाव दिने उद्श्यले गएको फागुन १ गतेदेखि मेचीमहाकाली पदयात्रा शुरु गरेका हुन् ,आफ्नो जन्मस्थल जाजरकोटको सदरमकाम खलंगाबाट यात्रा शुरु गरेका वली मंगलबार बुटवल आईपुगेका छन । वलीले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि अफे्नो बारेमा जानकारी गराए । सत्तरी दिनको पदयात्रामा हिडेका वलीले अबको ४५ दिनमा मेचीको काकडभित्तामा पुग्ने योजना बनाएका छन । काकडभित्ता हुदै संबिधान सभामा पुगेर आफ्नो यात्रा समापन गर्ने उनले बताए । उनले चैत्र २४ गतेसम्मपनि संबिधान लेखनको कार्य थालनी नगरेमा संबिधान सभाका अध्यक्षँलाई भेटेर ब्यंग्य स्वरुप कछुवा उपहार दिने जानकारी उनले दिए। साथै देशमा संबिधान निर्माण नभएसम्म आफु घर नर्फकने,कपाल नकाट्ने,कपडा नबदल्ने उनले बताए ।
वलीले राष्ट्रिय झण्डा बोकेर यात्रा गरेका छन्। आफनै लगनीमा यात्रा शुरु गरेका वलीले यात्रामा बिभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्दै आईरहेको जानकारी गराए । उनले हलसम्मको यात्रामा आफ्नो ब्यक्तिगत मात्रै ३१ हजार रुपैया खर्च गरिसकेको बताए । वली आज रुपन्देही छाडेर पुर्व तर्फलाग्दै छन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks