पूर्व अर्थमन्त्री डा. प्रकाश चन्द्र लोहनीले युनिटीले सरकारले गर्नुपर्ने काम गरिरहेकाले सरकार र राजनीतिक दलले उक्त योजनालाई पूर्ण सहयोग गरेर सफल पार्नुपर्ने
रामजी वगाले २४ फागुन
स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै नयाँ नेपाल निर्माणको अभियानमा जुटेको भन्दै तेल खाडीमा होइन झाडीमा हुन्छ भन्ने कुरालाई सार्थकता दिलाउन अहिले सजिवन (जेट्रोफा) खेती शुरू गरेको छ। अहिले युनिटीले दश हजार हेक्टर जमिनमा सजिवन खेती लगाएर परिक्षण समेत गरिसकेको छ भने एक लाख किलो बिउ ल्याई गाउँ गाउँमा रहेका खाली जमिनमा लगाउने कार्यलाई जारी राखेको छ।
आफ्नै भवन युनिटी टावरमा पत्रकार सम्मेलन आयोजना गरी सन् २०१७ सम्ममा नेपाललाई इन्धनमुक्त देश बनाउने घोषणा गरेको छ। कार्यक्रममा ग्रुपका अध्यक्ष काशीराम गुरुङले ग्रामिण भेगका जनताको आयस्तर बढाउन र देशलाई इन्धनमा आत्मनिर्भर बनाउन आफुहरुले सजिवन खेती शुरु गरेको बताउनु भयो। कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीले सरकारले गर्नुपर्ने कार्य युनिटीले गरेकाले सरकारले पुर्ण सहयोग गर्नुपर्ने जनाउँदै सहयोग नगरे पनि जनताको सहयोगमा केही बर्ष मै इन्धनमा आत्मनिर्भर हुने बताए। कार्यक्रममा युनिटी क्रिस्टल वायो इनर्जीका संयोजक जनक भट्टराईले वायो डिजेलका बारेमा जनतालाई जनचेतना जगाउन र राज्यको ध्यानाकर्षण गराउने उदेश्यले अर्न्तक्रिया कार्यक्रम आयोजना गरिएको बताउदै अबको ७ वर्षमा युनिटी ग्रुपले दुई अर्ब लिटर डिजेल उत्पादन गर्ने बताए। कार्यक्रममा युनिटीले भावी दिनमा गर्ने योजनाहरु पनि सार्वजनिक गरिएको थियो। उक्त अर्न्तक्रिया कार्यक्रममा युनिटी ग्रुपले नेपाललाई इन्धन मूक्त देश बनाउने आफ्नो अभियानमा सहयोग गर्न सम्पूर्ण संचार माध्यम नेपाली जनता र राजनीतिक दलहरुलाई समेत अनुरोध गर्यो।
अर्न्तक्रिया कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. प्रकाश चन्द्र लोहनीले युनिटीले सरकारले गर्नुपर्ने काम गरिरहेकाले सरकार र राजनीतिक दलले उक्त योजनालाई पूर्ण सहयोग गरेर सफल पार्नुपर्ने बताए। लोहनीले युनिटीको वायो डिजेल योजना नेपालको भविष्यसंग जोडिएको योजना भएकाले खुट्टा नकमाइ राष्ट्रियताको लागि भए पनि काम गर्न युनिटी ग्रुपलाई प्रोत्साहन गरे। उनले युनिटीको उक्त कार्यमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताए। कार्यक्रममा ग्रुपका ट्रेनिङ डाईरेक्टर कृष्ण क्षेत्री र रि–टिममा अध्यक्ष धर्मेन्द्र चौधरीले वायो डिजेल र नेपालको भविष्यको बारेमा चर्चा गरेका थिए।
नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटीले देशभर १९ वटा अस्पताल निर्माण गरिसकेको छ भने दुध डेरी, साबुन फ्याक्ट्री, हाईड्रो, सजिवन खेती, बायोउर्जा लगायत विभिन्न उद्योग कलकारखाना संचालन गरिसकेको छ। अहिले युनिटी ग्रुपमा ३,००० ले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् भने ३०,००० ले कमिशन वेशमा रोजगारी पाइरहेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks