Loving nepal news

Sunday, March 7, 2010

मधेसी संचारकर्मी र संचार उद्यमीलाइ विशेष निसाना बनाइएको

विजेता सिंह् जनकपुर,२३ फागुन

मधेसी जनअधिकार फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले संचार उद्यमी अरुण सिहानियाको हत्यामा स्थानिय भूमाफिया संचालित गिरोहको संलग्नता हुन सक्ने तर्फ इसारा गर्दै सुक्ष्म अनुसन्धान हुनु पर्न कुरामा जोड दिनुभएको छ मधेसी जनअधिकार फोरम नेपाल महोत्तरी वदिया वञ्चौरीमा आयोजित आमसभामा बोल्नु हुदै अध्यक्ष यादवले मधेसी संचारकर्मी र संचार उद्यमीलाइ विशेष निसाना बनाइएको बताउनु भयो । एक महिना नबित्दै जमीम शाह र अरुणकुमार सिंघानियाको हत्या गरिएको छ जो दुर्भाग्यपुर्ण हो । मुलुकमा बढदो हत्या हिंसाको घटनाप्रति दुख व्यक्त गर्दै उहाँले अपराधीहरुलाइ राज्यले नै संरक्षण दिइरहेको आरोप लगाउदै राज्यको संरक्षणमा अपराध मौलाएको बताउनु भयो । राज्यलाइ अपराधीको बारेमा सबैथोक थाहा छ तर पक्राउ गर्दैन भन्नुभयो । उहाँले वर्तमान सरकार अपराधिलाइ संरक्षण गरिरहेकाले प्रधानमन्त्री पदबाट माधवकुमार नेपालले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने वताउनु भएको छ । वर्तमान सरकारले देशमा शान्ति सुरक्षा अमन चयनको स्थिती कायम गर्न नसकेको आरोप लगाउदै, नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्न वताउनु भयो । उहाँले वर्तमान सरकार २०४६ साल पछि कै सवभन्दा कमजोर सरकार भएको वताउनु हुँदै देशको परिस्थिती हेर्दा निर्धारित समयमा संविधान निमार्ण हुन नसक्ने चर्चा गर्नभयो । निर्धारित समय भित्रै सविधान निर्माण नभए देशमा ठुलै दुर्घना हुने र यसको जिम्मेवार वर्तमान सरकारले लिनु पर्न थप्नु भयो । उहाले आम नागरिकलाइ शान्ति सुरक्षा दिन वर्तमान सरकार पूर्णतः असफल भएको दावी गर्नभयो । तराइ, मधेश र थरुहटलाइ अधिकार सम्पन्न हुनबाट रोक्न वर्तमान सरकारमा सहभागि राजनीतिक दलले मधेशमा विभिन्न अपराधिक घटना मा दिन प्रति दिन बढोत्तरी गरेको समेत चर्चा गर्नभयो । उहाले तराइ मधेश र थरुहट विखिण्डन गर्न कार्य बन्द गरि तराइ मधेश र थरुहटको अधिकार संविधानमा सुनिश्चित गर्नु पर्ने माग गर्नु भयो । मधेसी जनअधिकार फोरम नेपालका महोत्तरी अध्यक्ष तेजनारायण यादवको सभापतित्वमा सम्पनन आम सभमा सभासद हरिनारायण यादव, पार्टी महासचिव रतनेश्वर लाल कर्ण, केन्द्रिय सदस्य देव नारायण यादव, सुनिता साह लगायका वक्ताहरुले आफना मनतव्य राख्नु भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks