दशरथ घिमिरे २१ फागुन
रक्षामन्त्रि बिद्या भण्डारीले नेपालि शेना ब्यारेकमा रहेकाले देशको शान्ति सुरक्षाको स्थिति लाई मजबुद पार्न समस्या परेको बताउनु भएको छ । शुक्रबार दाङको घोराहीमना नेकपा एमालेको ६ वटा जनबर्गिय सं.गनहरुको सम्मेलनको एक साथ उदघाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । नेपालि शेना ब्यारेकमा रहेको र प्रहरीको मनोबल उच्च हुन नसकेकाले यस्तो स्थिति सृजना हुनपुगेको टिप्पणी उहाँको थियो । बृस्त्रित शान्ति संझौता अनुरुप नेपालि शेना परिचालन गर्न नसकीएको भनाई उहाँको थियो । देशमा शान्ति सुरक्षाको स्थिति मजबुद रहेको दावि गर्दै रक्षामन्त्रि भण्डारीले सरकार आफ्नो जिम्बेवारी पुरा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । सरकार आफ्नो जिम्बेवारी पुरा गर्न प्रतिबद्ध छ, कुनै कसुर वाकिँ राख्ने छैन उहाँले भन्नु भएको छ ।
माओवादिले बृस्त्रित शान्ति सम्झौताको अक्षरस पालनागर्नु को कुनैपनि विकल्प नरहेको बताउनु भएको छ । भाषणको अधिकांस समय माओबादिको आलोचनामा खर्चनु भएकि मन्त्रि भण्डारीले हिंस्रक गतिबिधिलाई त्यागेर माओबादि लोकतान्त्रिक पार्टि बन्न सकेमात्र दिर्घकालिन शान्ति स्थापना गर्न सकिने भनाई उहाँको छ । शैनिक संरचना रहेको कुनैपनि पार्टिले कहिलैपनि जनताको नेतृत्व गर्न नसक्ने बताउदै उहाँले माओबादिलाई शैनिक संरचना त्याग्न आग्रह गर्नु भएको छ । माओबादिले शैनिक संरचना त्यागे लोकतान्त्रिक पार्टिको रुपमा उभिनु पर्छ उहाँल भन्नु भयो । माओबादिले अयोग्य लडाकुलाई स-सम्मान घर फर्काउन सक्नुपर्ने बताउनु भयो । द्धण्द्ध समाप्त भएपनि माओबादिले शैनिक संरचना त्याग्न नसकेको आरोप उहाँको थियो । नयाँ संबिधनाच शान्तिको मुल ठोका भएको उल्लेख गर्दै उहाँले संबिधान मार्फ राजनैतिक परिबर्तनहरुलाई संथागत गर्न सक्नर्ुपर्ने बताउनु भयो । हाम्रो सामु राजनैतिक परिवर्तन लाई संथागत गर्न ठुलो जिम्बेवारी आएको छ उहाँले भन्नु भयो । संबिधान मार्फ नागरीकको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहित कानुनी शासन कायम गर्ने खालको ब्यबस्था आबश्यबक रहेको बताउनु भयो ।
एक अर्को प्रसंगमा मन्त्रि भण्डारीले अनमिनले माओबादि पार्टिको साथ दिएको आरोप लगाउनु भएको छ । अनमिनले माओबादिलाई भट्काउन खोजेको टिप्पणि उहाँको रहेको छ । माओबादि लाई अनमिनले भट्काउन खोजेको छ उहाँले भन्नु भयो । अनमिनले शान्ति प्रकृयामा तटष्ठ भुमिका निभाउन नखोजेको आरोप उहाँले लगाउनु भयो । नेपालको शान्ति प्रकृयामा अनिमीनको तटष्ठ भुमिका छैन उहाँले भन्नु भएको छ । सरकारले आयोग्य लडाकुको पुरा तथ्याङ्क माग्नेक्रममा उसले सहयोग नगरेको भनेको भनाई मन्त्रि भण्डारीले राख्नु भयो ।
त्यसैगरी कार्यक्रममा बिशिष्ठ अतिथि गृह राज्यमन्त्री रिजवान अन्सारीले देशको शान्ति सुरक्षाको अबस्था कमजोर हुदै जानलागेको स्विकार्दै नयाँ खाले योजना ल्याउन थालेको बताउनु भएको छ । जनभावना अनुसार शान्तिको ब्यबस्थापन गर्न पुरस्कार र दण्ड मुल्याङ्कनको परिपाटि ल्याउन थालेको जानकारी गराउनु भएको छ । सुरक्षा ब्यबस्थाको बारेमा समिक्षा गरेर अगाडि बढ्नुपर्ने अबस्था आएको छ त्यसै अनुरुप यो योजनाका ल्याउन थालिएको हो उहाँले भन्नु भयो । पछिल्लो समयमा पत्रकारहरुको श्रृङ्खला बद्ध हत्या प्रकरण ले शान्ति सुरक्षाको स्थिति प्रयाप्त नरहेको स्पष्ट पारेको देखाएको भन्दै समिक्षा गरेर अगाडि बढनु पर्ने भनाई र्सार्वजनिक गर्नु भयो । दण्ड हिनता अन्त्यका लागि बिशेष शान्ति सुरक्षाको योजना ल्याएको बताउदै सो आयोजनाको प्रभावकारीता बर्ढाईने तर्क उहाँको छ ।
त्यस्तै कार्यक्रममा अनेरास्वबीका महासचिव माधब ढुङ्गेलले नयाँ संबिधान तोकिएकै समयमा जारी गराउन सर्म्र्पुण नेपालि जनता एकपटक सडकमा उत्रनर्ुपर्ने आबश्यक रहेको बताउनु भएको छ । संबिधान जारी गराउन एक पक सडकमा सबै उत्रनुपर्ने आबश्यक्ता छ उहाँले भन्नु भयो । नेपालको शैपक्षिक समस्या समाधान गर्न अधिकार सम्पन्न एउटा शैक्षिक आयोग बनाउनुपर्ने आबश्यकता रहेको बताउनु भयो । नेपालि शैक्षिक प्रणालिमा आमुल परिबर्तनको खाँचो औल्याउदै उहाँले शैक्षिक प्रणालि पुनसंरचना गरेर अगाडि बढनुपर्ने आबश्यक्ता रहेको बताउनु भयो ।
शुक्रबार देखि घोरीहीमा सुरु भएको एमाले निकट ६ बर्गिय संगठनको अबिधेसनले नयाँ नेतृत्व चयन गर्ने छ । अनेम संघ, अनेरास्वबीयु, अखिल नेपाल मगर संघ, मुशसीलम हित्तेहाद लागाएतका जनबर्गिय संगनको अबिधेसन सुरु भएको हो । अनेमसंघ जिल्ला अध्यक्ष हिरा पुनको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks