Loving nepal news

Thursday, March 4, 2010

महोत्सवमा स्थानिय कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने

उदघाटन समारोहमा सहभागि भएका मन्त्री रिजाललाई एकिकृत माओबादी कार्यकर्ताहरुले कालोझण्डा देखाए
सुरेश गिरी सुर्खेत, २१ फागुन

पर्यटन विकासकालागि साँस्कृतिक अभियान, अन्तराष्ट्रिय जगतमा सुर्खेतको पहिचान भन्ने मुल नाराका साथ सुर्खेतमा सुरु भएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक तथा पर्यटन महोत्सवमा आज पनि विभिन्न कार्यक्रमहरु हुने भएका छन् । सुर्खेतमा सुरु भएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक तथा पर्यटन महोत्सव अर्न्तर्गत आज स्थानिय कलाकारहरुले सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्ने भएका हुन ।
यो महोत्सवबाट लोपोन्मुख लोकसंस्कृति, पर्यटन, आर्थिक र सामाजिक विकासमा टेवा पुर्‍याउनुका साथै सुर्खेतमा सिटीहल निर्माण र सामजिक कोष स्थापना गर्ने अपेक्षा लिएको आयोजकले जनाएका छन् ।
महोत्सवमा विभिन्न १२ देशका ३ सयभन्दा वढि कलाकार तथा राष्ट्रिय र स्थानीय कलाकारहरुको साँस्कृतिक झलकहरु, लोक दोहोरी नेपाल तारा राष्ट्रिय प्रतियोगिता, मध्यपश्चिमञ्चल डान्स आइडल प्रतियोगिता, राउटेहरुको बैसाली नृत्य, पञ्चेवाजा प्रतियोगिता लगायतका प्रस्तुति रहेका छन् ।
स्थानीय र स्वदेशी तथा विदेशी उत्पादनहरुको प्रदर्शनीसहित विभिन्न एक सयवटा
स्टलहरु राखिएको महोत्सवलाई निकै महत्वका साथ हेरिएको छ । करिब डेड लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट ४० लाख रुपैया आम्दानी हुने आयोजकहरुको दावी रहेको छ । हिजोदेखि सुरु भएको महोत्सव यही फागुन २६ गतेसम्म सञ्चालन हुने छ ।
संघिय मामिला, संबिधानसभा, संसदिय ब्यबस्था तथा संस्कृती मन्त्री डा.मिनेन्द्र रिजालले सुर्खेतको धार्मीक, सांस्कृतिक र पर्यटन बिकासका लागि आफुले पुर्ण रुपमा सहयोग गर्ने बचन दिनुभएको छ ।
वीरेन्द्रनगरमा सुरु भएको अन्तर्राष्ट्रिय लोकसांस्कृतिक तथा पर्यटन महोत्सवको
उदघाटन गर्दै मन्त्री रिजालले यस्तो बचन दिनुभएको हो । उहाँले मध्यपश्चिमको राजधानीका रुपमा रहेको सुर्खेतलाई वास्तबिक केन्द्रका रुपमा बिकास गर्न हातेमालो गरी अगाडी बढ्नुपर्ने पनि आवश्वकता औँल्याउनुभयो ।सुर्खेतमा बिश्वबिद्यालय स्थापना हुनेमा कुनै पनि बिबाद नरहेको स्पष्ट पार्दै मन्त्री रिजालले बरु तुरुन्त स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
आफुलाई कार्यक्रमस्थलमा कालोझण्डा देखाउने माओबादी कार्यकर्ताहरु प्रति ब्यंग्य गर्दै उहाँले अर्काको बिचारलाई सम्मान गर्न र ढुंगा हानेर समय खेर नफाल्न माओबादीलाई आग्रह गर्नुभयो । युद्धका अवशेषहरुलाई त्यागेर शान्तीको बाटोमा हिड्न सकेमा आउने पुस्ताले पनि यो पुस्तालाई सम्झने मन्त्री रिजालको भनाई छ ।
कार्यक्रममा पुर्व गृहमन्त्री एवं सभासद पुर्णबहादुर खड्काले राजनिति र पार्टीका कुराहरु त्यागेर बिकास र सम्बृद्धीतिर लाग्नुपर्ने बताउनुभयो । सुर्खेतमा स्थापना हुने मध्यपश्चिमाञ्चल बिश्वबिद्यालयको बिधेयक संसदबाट पारित भैसकेकाले अब कुनै पनि हालतमा फिर्ता गर्न नदिने काँग्रेस केन्द्रिय सदस्य समेत रहनुभएका खड्काको भनाई छ ।

यस्तै पुर्वपर्यटन मन्त्री समेत रहनुभएका एमाले सभासद यामलाल कंडेलले पनि बिश्वबिद्यालयको बिधेयक फिर्ता भए अन्याय हुने बताउँदै सरकारले ध्यान नदिएपनि
सबै मिलेर बिकासतिर लाग्नुपर्ने बताउनुभयो ।

महोत्सव मुल आयोजक समितिका संयोजक टिकाराम चपाईको सभापतित्वमा भएको उदघाटन समारोहमा बिभिन्न राजनैतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, कलाकार,
बुद्धिजीबी, नागरिक समाजलगाएतले आफ्नो भनाई राख्नुभएको थियो ।

पर्यटन विकासका लागि साँस्कृतिक अभियान, अन्तर्राष्ट्रिय जगतमा सुर्खेतको पहिचान भन्ने मुल नाराका साथ सुर्खेतमा पहिलो पटक आयोजना गरिएको महोत्सव यहि
फागुन २६ गतेसम्म चल्ने छ । महोत्सव उदघाटन हुनुअघि बुलबुले गेटबाट सांस्कृतीक झाँकी तथा बाजागाजासहितको बृहत र्र्यालीले वीरेन्द्रनगर बजार परिक्रमा गरेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान सुर्खेतको आयोजनामा सुरु भएको महोत्सवमा १२ देशका ३ सय भन्दा बढी कलाकारको सहभागिता रहने जनाइएको छ । अन्तर्राष्ट्रियस्तरमा यस क्षेत्रको लोक संस्कृति तथा पर्यटकिय स्थलहरुलाई चिनाउन यो महोत्सवले थप टेवा पुर्र्याउने आयोजकको विश्वास छ । महोत्सवमा प्रदर्शनीका लागि १ सय स्टल बुक भैसकेको आयोजकले जनाएको छ। करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट ४० लाख रुपैयाँ आम्दानी हुने आयोजकहरुको दावी रहेको छ ।

यसैबिच उदघाटन समारोहमा सहभागि भएका मन्त्री रिजाललाई एकिकृत माओबादी
कार्यकर्ताहरुले कालोझण्डा देखाउने क्रममा भएको झडपमा प्रहरी असईसहित ३ जना
घाईते भएका छन् । माओबादी कार्यकर्ता र प्रहरीबिच भएको झडपमा प्रहरी असई नबिन शाही र २ जना माओबादी कार्यकर्ता घाईते भएका हुन् । नाकमा गम्भिर चोट लागेका असई शाहीको अहिले मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल कालागाउँमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते भएका माओबादी कार्यकर्ताहरु सामान्य उपचारपछि घर फर्किएका छन्।

ढुंगामुढा हानेको भन्दै अनेरास्वबियु क्रान्तीकारी सुर्खेतका अध्यक्ष केशब शाहीलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएर छोडेको छ । प्रहरीले लठ्ठी चार्ज गर्न थालेपछि दर्शकहरुबिच केहिबेर भागदौड मच्चिएको थियो। ब्यापक मात्रामा सशस्त्र र नेपाल प्रहरीलाई परिचालन गरेर स्थितिलाई नियन्त्रणमा ल्याईएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks