भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सिताराम यचुरीले नेपालको राजनीतिक पार्टीलाई सहयोग गर्न नभई नेपालको शान्ति प्रक्रियालाई सहयोग गर्न नेपाल आएको बताउनुभयो। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यचुरीले नेपालको संविधान निर्माणका लागि जुन बाटोमा गएपनि सहयोग गर्ने बताउनुभयो।
नेता यचुरीले संविधान नेपाली जनताले निर्माण गर्ने भएका कारण भारतले नेपालको संविधान निर्माण प्रक्रियामा कुनैपनि वाधा नपुर्याउने बताउनुभयो। प्रधानमन्त्रीको निमन्त्रणामा आउनुभएका यचुरी भ्रमणका क्रममा नेपालका ठुला राजनीतिक दलका नेतालाई भेटी आज भारत प्रस्थान गर्ने बुझएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks