Loving nepal news

Monday, March 1, 2010

माओबादी कार्यकर्ताहरुद्धारा प्रहरी चौकीमा आक्रमण

असईसहित ८ जना घाईते,हवल्दारको अवस्था चिन्ताजनक
अम्मर जीसी,सुर्खेत १७ फागुन

होलीका बिषयमा उत्पन्न बिबादलाई लिएर एकिकृत माओबादीका कार्यकर्ताहरुले दैलेखको कुसापानीस्थित एक प्रहरी चौकीमा आक्रमण गरेका छन्। कुसापानी गाउँ बिकास समिति–५ पानीपोखरीको प्रहरी चौकीमा आक्रमण गर्दा प्रहरी असई प्रेम थापासहित ८ जना प्रहरी घाईते भएका छन्। माओबादी कार्यकर्ताको आक्रमणमा परी घाईते भएका मध्ये चिन्ताजनक अवस्थामा रहेका प्रहरी हवल्दार बरम थापालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।
होलीका बेला उत्तेजित ब्यबहार देखाएको भन्दै प्रहरीले एक स्थानियबासीलाई पक्रेपछि माओबादी कार्यकर्ताहरु प्रहरीमाथी जाई लागेका हुन्। स्थानिय माओबादी कार्यकर्ता कृष्ण गुरुङको नेतृत्वमा रहेको टोलीले प्रहरी चौकीमै आक्रमण गरेको दैलेख प्रहरीले जनाएको छ। माओबादी कार्यकर्ताहरुले २ वटा मोटरसाईकल समेत जलाई दिएका छन्। सदरमुकाम देखि करिब १३ कोष टाढा रहेको कुसापानीमा अहिले पनि तनाब कायमै छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks