शान्ति प्रक्रिया संविधान निर्माण र नेपालको पछिल्लो राजनीतिक अवस्थामाका बारेका विषयमा छलफल
काठमाडौं,१७ फागुन (दैनिकी)
राष्टपति डा. रामवरण यादव र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी नेता सिताराम यचुरीबीच भेटबार्ता सकिएको छ । भेटका क्रममा शान्ति प्रक्रिया संविधान निर्माण र नेपालको पछिल्लो राजनीतिक अवस्थामाका बारेका विषयमा छलफल भएको बताइएको छ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र निर्धारित समयमा संविधान निर्माण गर्न भारतको सहयोग रहने यचुरीले उक्त भेटपछि पत्रकारसंगको कुराकानीमा बताए। सिताराम यचुरी नेपालको तीन दिने भ्रमणमा आइतबारराति नेपाल आएका हुन् । उनको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यचुरीले प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसवादी दलका शिर्ष नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks