काठमाण्डौंका अधिकासं चलचित्रहलहरुमा पनि माय नेम इज खानको प्रदर्शन शुरु, मुम्बईमा शंकास्पद
काठमाडौं, २९ माघ (दैनिकी)
शाहरूख खानको नँया चलचित्र माय नेम इज खान आजदेखी संसारभर एक साथ प्रदर्शन हुने भएको छ। यस चलचित्रको प्रचारका लागी शाहरूख खान हाल बिभिन्न राष्ट्रहरुको भ्रमणमा छन भने उनको घर मुम्बईमा नै यस चलचित्रकी प्रदर्शन शंकास्पद भएको छ। शाहरूख खानले आईपीएलमा पाकिस्तानी खेलाडीहरुले पनि खेल्न पाउनु पर्छ भन्ने वक्तव्य दिए देखी उनको नँया चलचित्र माय नेम इज खानको मराठी पार्टी शिवसेनाले घोर बिरोध गरिरहेको छ।
महाराष्ट्र सरकारले शाहरूख खानको यस चलचित्रको प्रदर्शनका लागी पुर्ण सुरक्षा दिने भनेतापनि चलचित्रहल मालिकहरु शिवसेनाको बिरोधबाट त्रसित बन्न पुगेका छन्। हिजो सम्म उनीहरुले यस चलचित्रलाई महाराष्ट्रमा चलाउने निर्णय गर्न सकेका थिएनन्।
धर्म तथा राजनीति विषयमा बनेको यस चलचित्रमा धेरै समय पछी करणको निर्दशनमा शाहरूख र काजोल देखापर्न लागेकाले दर्शकहरु यस चलचित्र हेर्न निकै लालायित भएको देखिन्छ। भारतभर यस चलचित्रको अग्रिम बुकिगंमा हाउसफुल भईसकेबाट यस चलचित्रले सफलता पाउने निश्चित भईसकेको देखिन्छ। काठमाण्डौं लगाएत नेपालका अधिकासं हलहरुमा आजदेखी यस चलचित्रको प्रदर्शन हुदैछ। यसका लागी राम्रो अग्रिम बुकिगं भईरहेको समाचार प्राप्त भएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks