Loving nepal news

Wednesday, February 24, 2010

बुबाले उत्तेजनात्मक भुमिकामा खेल्न नरोक्ने

काठमाडौं, १२ फाल्गुण (दैनिकी)

बलिउडका खलनायक शक्ति कपूरले आफ्नो छोरीलाई चलचित्रमा कुनै पनि प्रकारको भुमिका खेल्न छुट दिएका छन्। उनले आफैले आफ्नो छोरीलाई अरु अभिवाकहरुले जस्तो अंग प्रदर्शन गर्न समेत नरोक्ने भएका छन। उनले आफ्नो छोरीले कुनै पनि प्रकारको उत्तेजनात्मक भुमिकामा खेल्न सक्ने बताएर सबैलाई चकित तुल्याएको छ।
शक्ति कपुर आफ्नो छोरी श्रद्धाले बलिउडमा अभिनय गर्न शुरु गरेकोमा निकै उत्साहित भएका छन्। उनका छोरी श्रद्धाले महानायक अमिताभ बच्चनसंग तीन पत्ती नामको चलचित्रबाट आफ्नो अभिनय जीवनको शुरुवात गर्दैछिन्। शक्ति का अनुसार उनको छोरीका लागी चलचित्र जीवन शुरु गर्न यो भन्ला राम्रो अवसर कमैले पाउने बताए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks