Loving nepal news

Saturday, February 20, 2010

पाल्पामा एकै महिनामा तीन वटा महोत्सव

कोही सञ्चालन हुदैछन् कोही व्यापक तयारीमा जुटेका छन्
यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ८ फागुन

पाल्पाको दोस्रो अग्लो डाँडो पिपलडाँडाको रिमिघामा पनि महोत्सव गर्ने तयारी तीव्र भएको छ । जिल्ला सदरमुकाम तानसेन देखि करिब ३६ कि.मी. पर्ूवको पिपलडाँडा गा.वि.स.मा रिमिघा मूनलाईट क्लवले यहि फागुन १५ देखि १९ गते सम्म रिमिघा महोत्सव-२०६६ को आयोजना गरेको हो ।
पाल्पाको दोस्रो अग्लो डाँडाको रुपमा चिनिने रिमिघा लेकलाई परिचित गराउने साथै पर्यटकीय क्षेत्र बनाउने र त्यसलाई प्रचार प्रसार गरी ग्रामिण क्षेत्रमा पर्यटन विकास र प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरेको महोत्सव मूल आयोजक समितिका संयोजक दिनेश रानामगरले बताए । रिमिघा लेक बाट विभिन्न किसिमका हिमश्रृखलाहरु देख्न सक्ने भएकोले सम्बन्धित पक्षलाई ध्यानकर्षा गर्राई भविष्यमा पर्यटकीय क्षेत्र बन्न सक्ने सम्भवना रहेको उनको भनाई छ ।
महोत्सवमा १५ र १६ गते खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिताको आयोजना हुने १७, १८ र १९ गते झाँकी सहितको र्‍याली प्रदशन तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने साँस्कृतिक संयोजक निश्चल पुलामीमगरले बताए ।
महोत्सवमा मगरी खाना, स्थानीय कृषि उत्पादनको विक्री प्रवद्धन गर्ने उपभोक्ताबीच अन्तक्रिया गराउने, कृषी जन्य तरकारी, फलफूल गेडागुडी, कृषि औजारहरु, र विभिन्न किसिमका खेलकूद, व्यापार स्स्टलहरू रहने बताइएको छ ।
महोत्सव सफल पार्नको लागि दिनेश रानामगरको संयोजत्वमा २५ सदस्यीय उपसमितिहरु गठन गरिएको छ । जसमा आर्थिक संयोजकमा जगत रानामगर, सांस्कृतिक संयोजकमा निश्चल पुलामीमगर र व्यापार स्टलमा हिमाल राना को संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । मेलामा करिब सत्र हजार जनाले अवलोकन गरी ५ लाख रुपैयाको आर्थिक कारोबार हुने आयोजकले बताए ।
यसैबीच पाल्पा उद्योग वाणिज्य संघले पूर्वी पाल्पाको रामपुरमा सञ्चालन गरेको कृषि महोत्सवमा मुख्य आर्कषण कृषि जन्य उत्पादनको प्रदशनी बनेको छ । मेलामा जिल्ला कृषि विकास कार्यालय पाल्पाले उत्कृष्ठ कृषकका लागि पुरस्कार प्रदान गर्ने बताएपछि कृषकहरुले आफ्ना उत्पादनहरु पर््रदर्शनका लागि ल्याएका छन् । पाल्पा उद्योग वाणिज्य संघले फागुन ६ देखि १० गते सम्म रामपुरमा रामपृुर महोत्सव एवंम कृषि मेला र फागनु २१ देखि २९ गते सम्म तानसेनको टुडिँखेलमा औधोगिक व्यापार मेला तथा पर्यटन महोत्सव एकै महिनामा गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks