पशु कार्यालयबाट उच्च सतर्कता
पवन पौडेल तनहुँ ३ फागुन
छिमेकी जिल्ला कास्कीमा वर्डफ्लु देखा परेलगत्तै त्यहाँबाट निर्यातित कुखुराहरु विभिन्न जिल्लामा भित्रन थालेपछि तनहुँमा समेत सो रोगको जीवाणु भित्रन नदि जिल्ला पशु सेवा कार्यालय तनहुँले उच्च सतर्कता अपनाएको छ । क्षेत्रीय पशु सेवा निर्देशनालय पोखरा अन्तर्गतको वर्डफ्लु नियन्त्रण कक्षमा पठाइएको संकास्पद नमूना परिक्षण गर्दा तनहुँको दुलेगौंडा र दमौलीस्थित कुखुरा सप्लायर्समा वर्डफ्लु भएको पाइएको थियो । वर्डफ्लु नियन्त्रण कक्षका बरिष्ठ पशु चिकित्सक डाक्टर अमर बहादुर शाहले पोखराबाट गएको कुखुरा बिक्रि भएको ठाउँको पीछा गर्दा सो फेला परेको र त्यसलगत्तै संक्रमित क्षेत्रबाट कुखुरा निर्यातमा कडाई गरीएको जानकारी दिनुभयो।
साथै उहाँले वर्डफ्लुको संक्रमण भएका स्थानहरुमा संकास्पद कुखुरा नष्ट गरिएको र निसंक्रमण गरिएकाले अन्यत्र यसको संक्रमण फैलने सम्भावना नरहेको जानकारी दिनुभयो।
सो क्रममा दमौलीमा ५५ र दुलेगौंडामा पनि सोही परिमाणमा कुखुरा नष्ट गरिएको र नाकाहरुको शुरक्षा चेकजाँचमा कडाई गरीएको उहाँले बताउनुभयो।
जिल्ला पशुसेवा कार्यालय तनहुँका अधिकृत शुबल शाहले कुखुरा तथा हाँस मरेको थाहा पाउनासाथ तत्काल नमूना संकलन गरी पोखरा पठाइएको र विभिन्न स्थानमा आकस्मिक निरिक्षण पनि गरीएकेा बताउनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks