Loving nepal news

Wednesday, February 24, 2010

सरकारी सवारीहरुको विवरण माग

काठमाडौं, १३ फाल्गुण (दैनिकी)

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सरकारी स्वामित्वमा रहेका गाडीहरु क-कस्ले लगीराखेको हो सो जानकारी ७ दिनभित्र गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिको आज बसेको वैठकले सरकारी सवारी साधनको चरम दुरुपयोग भएको भन्दै सबै विवरण एक हप्ताभित्र समितीमा पेश गर्न प्रधानमन्त्रीको कार्यालयलाई निर्देशन दिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
समितिले यसअघि पनि १५ दिनभित्र जानकारी माग गरेपनि गृहमन्त्रालयले वेवास्ता गरेको भन्दै खेद व्यक्त गरेको छ । यसैबीच, लेखा समितिले दैनिक उपभोग्य सामग्रीमा बढिरहेको अनियन्त्रित महंगी रोक्न सरकारबाट भैरहेको प्रयासबारे जानकारी गराउन आपूर्तिमन्त्री राजेन्द्र महत्तोलाई पर्सी शुक्रवारको दिन समितिमा बोलाउने समेत निर्णय गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks