Loving nepal news

Wednesday, February 10, 2010

ट्रक दुर्घटना ६ को मृत्यु

कपिल भट्ट/कैलाली, २७ माघ

कैलालीको श्रीपुर गाँउ विकास समिति ४ लालपुरमा आज साँझ ट्रक दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार से १ ख ६३२ नम्बरको ट्रक दुर्घटनामा परि कैलाली श्रीपुर वडा नम्बर ४ का शेरे पार्की,करवीर खड्का, धौले दमाई,राजबहादुर ऐर, हरि जोरा र श्रीपुर १ का सलुवा थापाको मृत्यु भएको हो । सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा परि श्रीपुर १ का उमेश जोशी गम्भिर घाइते भएका छन । उनको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक पूर्वबाट पश्चिमतिर गईरहेको र दुर्घटनाको कारण भने थाहा नभएको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks