फिल्मफेयर पुरस्कारका लागी भएको नामाकंणमा थ्री इडियट्स भन्दा कमिने र लव आज कल अगाडी
काठमाडौं, १ फाल्गुण (दैनिकी)
२००९मा सबभन्दा चलेको चलचित्र थ्री इडियट्स भएतापनि फिल्मफेयर पुरस्कारका लागी भएको नामाकंणमा कमिने अगाडी रहेको छ। विशाल भारद्वाजको आपराधिक पृष्ठभुमीमा बनेको यस चलचित्रमा शाहिद तथा प्रियंका चोपडाले मुख्य भुमिका निभाएका थिए।
५५ औं फिल्मफेयर पुरस्कारका लागी भएको नामाकंणमा कमिने ९ बिधामा नामाकिंत भएको छ भने थ्री इडियट्स ७ बिधामा मात्र नामाकिंत भएको छ। उता शैफ अलि खानको घरेलु चलचित्र लव आज कलले पनि थ्री इडियट्स भन्दा बढी ८ बिधामा नामाकिंत हुन सफल भएको छ।
फिल्म कमीने तथा थ्री इडियट्सलाई मुख्यता सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेता तथा सर्वश्रेष्ठ अभिनेत्रीका लागी नामांकित गरेको छ। उता कमिनेले सर्वश्रेष्ठ संगीत तथा गीतमा समेत नामांकन भएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks