इलाम जिल्लामा मात्र दैनिक ७६ हजार ७ सय लिटर दुग्ध उत्पादन भएपनि अहिले आधापनि विक्री नहुने गरेको पाईएको छ । सरकारको प्रभावकारी नीतिको अभावमा इलामका दुग्ध उत्पादक कृषकले दैनिक उत्पादन गरेको ३६ हजार लिटर भन्दा बढि दुग्ध अस्थीर बजारमा कृषकको एक्लो प्रयासमा खपत गर्नु परिरहेको पाईएको छ ।
इलाकबाट दैनिक ३५ हजार लिटर दुग्ध विकास संस्थानलाई बिकृ हुनेगरेको छ । त्यस बाहेक इलामकै दुर्गम गाउँमा उत्पादन भएको ३६ हजार ७ सय लिटर दुग्ध को सहज बजार नभेटीएको कारण गाउकै डेरि हरुमा सस्तो मुल्यमा बेच्नु परिरहेको कृषकहरु बताउछन् ।
दुग्ध विकास संस्थानलाई बिकृ गरेको दुग्धको मुल्य प्रति लिटर २० देखि २२ रुपया सम्म पाउने गरेका छन् । दुर्गम गाउँमा १५ रुपया सम्ममा दुग्ध विक्ने गरेको कृषकहरु बताउछन् । इलाममा दैनिक १५लाख बराबरको दुग्ध उत्पादन हुने गरेको भए पनि बजारको अभाबमा दशलाख जति मात्र किसानको हातमा पर्ने गरेको अनुमान छ ।
दुग्ध उत्पाद र व्यपारको प्रष्ट तथ्याङ्गक कसैसंग पनि छैन । एक सरकारी तथ्याङ्गमा दूग्ध उत्पादनको तथ्याङ्ग उल्लेख भएपनि व्यपारको अवस्थन बारे उल्लेख छैन । कृषक स्तरको जिल्ला दुग्ध उत्पादन सहकारी संघ बषौ देखि निष्कृय छ ।
तर सकस्या इलाममा मात्र हैन मेचीका अरु जिल्ला समेत उस्तै छ । मेची अञ्चलमा दैनीक उत्पादन हुने २लाख ८७हजार ९८० लिटर दुग्ध मध्ये आधा दुग्धले बजार पाउन नसम्दा त्यसै खेर गईरहेको बताईन्छ । दुग्ध विकास संस्थानको अहिलेको मुल्यमा पनि मेची अञ्चलमा दैनिक ५७लाख ६० हजार रुपयँ भन्दा माथीको दुग्ध उत्पादन हुने गरेको छ ।त्यसको आधा पनि सरकारको स्वामीत्व रहेको दुग्ध विकास संस्थानले खरीद गर्न सकेको छैन ।
इलाम बाहेक पाचथरमा ४२हजार १९०लिटर दैनीक उत्पादन हुने गरेको छ । त्यस्तै ताप्लेजुङ्गमा २८ हजार ४५० र झापामा १४हजार ४० लिटर दूग्ध उत्पादन हुने गरेको कृषि विभागको तथ्याङ्कमा उल्लेख छ ।
चिज अगाडि
इलाम फाल्गुन /इलाममा सञ्चालन भएका चिज उत्पादक हरुले भने कृषकलाई राहत दिएको पाईएको छ । बन्द हड्ताल समेतले असर नपार्ने भएकाले चिज कारखाना लाई दुग्ध बेच्ने किसानको संख्या बड्दै गएको छ । कारखानाले २० देखि २५ रुपयां सम्ममा दुग्ध खरीद गने भएकाले बारखाना भएको क्षेत्रका कृषक भने उत्साहीत रहेको पशुपती नगरका ८ का हरि प्रसाद खतीबडा बताउछन् । पशुपती नगरमा खुलेका आठ वटा कारखानामा दैनीक दश हजार लीटर दुग्ध खपत हुने गरेको छ ।त्यसको आपुर्ती पशुपती नगरकै कृषकले उत्पादन गरेको दुग्धबाट हुने गरेको दुग्ध विकास संस्थानको पशुपतीनगर चिज कारखानाका प्रमुख प्रेम पराजुली बताउछन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks