Loving nepal news

Thursday, February 4, 2010

शाहरूख एक्लियो


काठमाडौं, २२ माघ (दैनिकी)

बलिउडका राजा यानी की किगं खान नामले चिनिने प्रसिद्ध अभिनेता शाहरूख खान एक्लिएका छन्। उनले यस कुरालाई स्विकार गर्दै आफु एक्लिएको कुरा बताअएका छन्। उनको यो अवस्था उनका नजदिकका मित्रहरुले एक पछी अर्को गर्दै उनको साथ छोडेको छ।
यता उनले अभिनय गरेका चलचित्रहरु पनि असफल हुदै गईरहेको छ भने उनले निकै आशा गरेको चलचित्र माई नेम इज खान पनि शिवसेनाको बिरोधको सामाना गर्नु परीरहेको छ।
यसैले आजकाल शाहरुखले अरुमा आफ्नो खुशी खोज्ने गरेको छ। हालै उनका अभिन्न मित्रहरु फरहा खान तथा करण जौहरबाट टाढिएका शाहरुखले अरिंधम चौधरी संग दोस्ती बढाएको थियो। तर उनले पनि धेरै समय सम्म शाहरुखलाई साथ दिएनन्। पा को प्रीमियरका समय शाहरूख तथा करण जौहरले एक अर्कालाई हेर्न समेत हेरेनन्। अब आएर शाहरूखको एकदम नजिकको निर्माण संस्था यशराज प्रोडक्शन्सको आदित्य चोपडाले समेत उनको साथ छोडेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks