काठमाण्डौंमा छाँयाकण गरिएको पुरानो चलचित्र ‘हरे राम हरे कृष्ण’ मा रहेको जीनत अमानको भुमिकासंग मिल्ने
काठमाडौं, १ फाल्गुण (दैनिकी)
रोहन सिप्पीले आफ्नो नँया चलचित्र ‘दम मारो दम’ को नायिका का लागी बिपाशा बसुलाई लिने भएको छ। यस चलचित्रका नायकको भुमिका तेलुगु स्टार राणा दगुबातीले निभाउने छ।
बिपासाको छनौट हुनु भन्दा अगाडी यस चलचित्रको नायिकाका लागी कंगना राणावत सहित बिभिन्न अभिनेत्रीहरुको नाम अगाडी आएको थियो। यस चलचित्रमा राणा दगुबाती तथा बिपाशा बसुको अलावा अभिषेक बच्चन,प्रतीक बब्बर तथा आदित्य पंचोलीले समेत अभिनय गर्ने भएका छन्।
रोहन सिप्पीका अनुसार, ‘हामीले बिपाशालाई चलचित्रमा अभिनेत्रीको भुमिकालाई बिचार गरेर अनुबन्धित गरेका हौं।’ बजारमा यस चलचित्रमा बिपासाको भुमिका मुख्यतया काठमाण्डौंमा छाँयाकण गरिएको पुरानो चलचित्र ‘हरे राम हरे कृष्ण’ मा रहेको जीनत अमानको भुमिकासंग मिल्ने खालको रहेको चर्चा छ।
यस बारेमा रोहनले भन्यो,‘जीनत अमान मलाई मनपर्ने अभिनेत्री हुन, उनलाई मैले मात्र नभई निकै मानिसहरुले मनपराउँथ्यो। तर बिपाशाको आकर्षण अर्कै छ, त्यसैले यी दुईको तुलना गर्नु हुँदैन।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks