Loving nepal news

Thursday, February 11, 2010

झापामा भएको सवारी दुर्घटनामा आठ घाइते

सञ्जीव चापागाई ,झापा २८ माघ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको मेचिनगरमा आज बिहान भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन। घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।
पश्चिमवाट पूर्वतर्फ जादै गरेको ना २ ख ७८८४ नम्बरको स्वयम्भु नेसनल बसलाई सोही दिशातर्फ जादै गरेको को १ ख १९०३ नम्वरको मिनीबसले मेचिनगर १० स्थित कालीखोला नजिक पछाडिबाट ठक्कर दिदा सो दुर्घटना भएको हो।

दुर्घटनामा परी भारत सिक्कीमका १५ वर्षीय कृष्ण लोहार,३० वर्षीय पद्मा कुमारी लोहार ,झापा दुर्गापुरका ४० वर्षिय मानवहादुर लिम्वु,३५ वर्षिय मनमाया लिम्वु र २५ वर्षिय शुकमाया लिम्वु गम्भिर घाइते भएका छन।

त्यस्तै झापा शनिस्चरेका २८ वर्षीय हरीप्रसाद कट्टेल,पाँचगाछी ९ का २८ वर्षीय कृष्ण प्रसाई र मिनीबसका चालक रविन बस्नेतसमेत घाइते भएका छन।

घाईते सबैको हात खुट्टा भाचिनुका साथै शरीरका विभीन्न भागमा गम्भिर चोट लागेको इलाका प्रहरी कार्यालय काकरभिट्टले जनाएको छ। गम्भिर घाइते पाच जनालाई उपचारका लागि धरान रेफर गरिएको र अन्य घाइते ३ जनाको मेची आम्दा अस्पताल धुलावारीमा उपचार भईरहेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks