Loving nepal news

Saturday, February 20, 2010

पाल्पामा लाखौको डकैत

दिपक पाण्डेय पाल्पा/८, फागुन

जिल्ला सदरमुकाम तानसेन स्थित बडिज्ञानटोल एक घरबाट रु.३२४००००। -तीन लाख चौविस हजार) लुटिएको छ । एक महिला सहित पाँच जनाको समूहमा आएका नकाबधारी समूहले राति १२:३० बजे ता.न.पा. वडा नं. २ बडीज्ञानटोल बस्ने भगवती गैरेको घरबाट उक्त रकम लुटेर लगेको हो ।

पिडित भगवती गैरेका अनुसार आफू सुतिरहेको अवस्थामा आफ्नै नन्द बनी ढोका खोल्न लगाएको र ढोका खोल्नासाथ आफुलाई बाधेर लुटेराहरुले दराजमा रहेको नगद रु.३२४०००।-रुपैया लुटेर लगेका हुन् । लुटेराहरुले मुखमा नकाब लगाएको र खुकुरी एवं चक्कु समेत लिएको पिडित गैरेले बताईन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks