Loving nepal news

Monday, February 22, 2010

संविधान सभा भवनद्बारा बिजुलीको दुरुपयोग


काठमाडौं, (दैनिकी)

नेपालका जनताहरु एकातिर लोडसेडिगंको मार खेपिरहेका छन् भने अर्कातिर संविधान सभा भवनद्बारा बिजुलीको दुरुपयोग गरिरहेको पाईयो। संविधान सभा भवनका पुर्वी तथा दक्षिणी तर्फ रहेका हेलोजिन बत्तीहरु बाल्ने तथा निभाउनमा लापरवाही गरेको देखिन्छ। यी बत्तीहरु शायद टाईमरको सहायताले बालीरहेका देखिन्छन्। त्यसैले यी बत्तीहरु साझ घाम दुव्नु अगाडि नै ५ बजेको हाराहारीमा बल्न थाल्छ भने बिहान घाम लागीसकेपछि अन्दाजी ८ बजेतिर मात्र निभ्ने गर्छन।
यस अनलाईनका संवादाताले धेरै दिनहरु देखि उक्त बत्तीहरुलाई अवलोकन गरी बिहान ८ बजेको बेला बलेका बत्तीहरुको तस्विर छायाकंण गरेको छ। संविधानसभामा रहेका हरेक बत्तीहरु ५०० वाट भन्दा बढीका देखिन्छन्। यस्ता लगभग ३०,३२ बत्तीहरुले हरेक दिन बिजुलीको दुरुपयोग गरिरहेको छ।

एकातिर सरकारले बिजुली दुरुपयोग गरेको आरोपमा ईन्भर्टरको आयात रोकेको छ भने अर्कातिर सरकारी भवनमा यसरी सबैले देखिने गरी त बत्तीको दुरुपयोग हुन्छ भने नदेखिने गरी कति ठाँउहरुमा यस्तो दुरुपयोग भएको होला त्यतातिर सरकारले समयमानै ध्यान पुर्याउन जरुरी देखिन्छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks