Loving nepal news

Saturday, February 13, 2010

सेना दिवस सम्पन्न

राष्ट्रपति, प्रधानमन्त्री सहभागी
काठमाडौं, २९ माघ (दैनिकी)

आज सेना दिवस, प्रत्येक वर्षको महाशिवरात्री पर्वकै दिन नेपाली सेनाले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ ।
सैनिक मंच टुँडिखेलमा महाशिवरात्री बढाईं तथा सेना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा सेनाका परमाधिपति एवं राष्ट्रपति प्रधानमन्त्री संविधानसभाका अध्यक्षलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागी भएको थियो ।
कार्यक्रममा राष्ट्रपति यादवले नेपाली सेनाद्वारा प्रकासित सिपाही पत्रिकाको बिमोचन गर्नुभयो साथै फ्रिफलका बिजेताहरुलाई समेत पुरस्कार प्रदान गर्नु भयो ।
कार्यक्रममा सैनिक मंच टुडिखेलमा विशेष कार्यक्रम बीच महाशिवरात्रि बढाँई तथा कलाकौशल प्रदर्शन गरियो ।
यस अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालले दिनु भएको सन्देशमा नेपाली सेनाले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अक्षुणताको रक्षाको लागि बिगतमा गौरवशाली लडाई लडेको उल्लेख गर्नु भएको छ ।
राष्ट्रिय स्वाभिमान र हित संरक्षण–सम्बर्द्धन गर्न इतिहासका अनेक कालखण्डमा मात्र होईन, बर्तमानमा समेत नेपाली सेनाले प्रशंसनीय भूमिका निर्वाह गरिरहेको गरेरहेको बताउँदै उहाँको सन्देशमा भनिएको छ “अविचलित अनुशासन, निष्ठा र बलिदानको गाथा इतिहासमा स्वर्णिम अक्षरले लेखाउन सफल नेपाली सेनाले आफ्नो गौरबमय परम्परालाई निरन्तरता दिदै आफूलाई समय सापेक्ष बनाउदै लगिरहेको छ।”
यसै गरी रक्षा मन्त्री बिद्या भण्डारीले नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षण तथा प्रतिरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले सम्पूर्ण चुनौतीहरुलाई सम्वोधन गर्ने सामर्थ्यवान र अनुशासित शक्तिका रुपमा आफूलाई विकशित गर्दै आफ्नो सार्थक उपस्थिति समेत प्रमाणित गरेको बताउनु भएको छ ।
यसका साथै विपद र प्रकोपमा परेका बेला उद्धार र राहतको कार्य होस् वा देशका कुना कन्दरामा विकाशको अनुभूति जनताबीच पुर्‍याउने उदेश्यबाट पहरा/चट्टान फोरेर यातायात खोल्ने कार्य, सबै प्रक्रियामा सेनाले आफूलाई क्रियाशिल तुल्याएको उहाँको सन्देशमा भनिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks