प्रकाश डोटेल स्याङ्जा, फागुन-३ गते
नेकपा एमाले केन्द्रिय सदस्य तुलबहादुर गुरुङले स्याङजाको तुलसी भञ्ज्याङ गाउँ विकास समिति १ स्थित बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै तोकिएको समयमा संविधान नबने मुलुक अन्धकार तर्फधकेलिने बताउनु भएको छ ।
नेता गुरुङले समाजमा शिक्षाले नै परिवर्तन ल्याउन सक्ने,देशले दिगो शान्ति चाहिरहेको बताउदै माओवादीले हत्या हिशा अराजक गतिविधि वर्ढाई रहेको आरोप लगाउदै सरकारले दिएको सेवा सुविधा छोडेर माओवादी जङगल नर्फकने ठोकुवा समेत गर्नु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपराज अधिकारीले नेपाल सरकार शान्त्ति तथा पुनः निमार्ण मन्त्रालयको १३ लाखको आथिक सहयोमा दुइ कोठे पर्की भवन निमार्ण गर्न लागिएको बताउनुभएको थियो ।
भवन शिलन्यास कार्यक्रममा खेलकुद माहसंघका केन्द्धीय उपाध्यक्ष मोहन रेग्मी, दुध उत्पादन सहकारी बोडका केन्द्धीय अध्यक्ष ढाकाराम अर्याल, नेकपा एमाले क्षेत्रीय अध्यक्ष मुक्ति प्रसाद पाठक, सचिव रेशमराज भट्टर्राई, गाउँ विकास समिति सचिव ढाल बहादुर के. शी., शिक्षक थिरलाल कडेल , दल सिंजाली लगाएतले बोल्नु भएको थियो । विद्यालय व्यवास्थापन समितिका अध्यक्ष गुरु प्रसाद सिंजालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks