Loving nepal news

Saturday, February 27, 2010

होली पर्व सभ्य बनाइने

सिन्धु ढकाल चितबन , १५ फागुन

होली पर्बमा हुने सभांबित घटनाको न्युनिकरणको लागी चितवन र मकवानपुरको सीमानामा पर्ने लोथर बजारमा होली पर्ब निरीक्षण समिति गठन गरीएको छ । पर्वलाई सभ्य र मर्यादित बनाउनका लागी होली पर्व कसरी मनाउने भन्ने सम्बन्धमा छलफल गर्न आज बसेको र्सवपक्षीय वैठकले ५ सदस्यीय निरीक्षण समिति गठन गरेको हो । समितिमा स्थानिय प्रहरीको समेत सहभागीता रहेको बताईएको छ ।
वैठकले यही फागुन १६ र १७ गते २ दिन होटल तथा पसलहरु बन्द गर्ने , मदिरा बिक्रि वितरणमा रोक लगाउने , आपसी सद्भावका साथ होली खेल्ने , अपरिचित व्यक्तिसंग होली नखेल्ने लगायतका निर्ण्र्ाारु गरेको स्थानीय अशोक शाक्यले जानकारी दिनुभएको छ । निरिक्षण समितिले यी निर्ण्र्ाारु पालना भए नभएको अनुगमन समेत गर्ने निर्ण्र्ाागरेकेा छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks