Loving nepal news

Thursday, February 4, 2010

ढाकामा नेपाल ,छैठौ दिन थप १ काश्य

नेपालको पदक संख्या नौ पुग्यो
मनोरञ्जन शर्मा ढाका,२० माघ

दक्षिण एसियाली खेलकुद सागको छैठौ दिन नेपालले आज थप दुइ कास्य पदक जितेको छ । नेपालले पुरुष कबर्दीमा पहिलो पटक र सुटिङ्गमा आठौं साग पछि कास्य हात पारेको हो । कबर्दीमा पाकिस्तान संगको हारका बाबजुद नेपालले कास्य प्राप्त गर्‍यो । पाकिस्तानले नेपाललाई ४४-१६ पराजित गरेको हो ।
त्यस्तै सुटिङ्गको १० मिटर एयर राइफलको टिम इभेन्टमा नेपालले अर्को कास्य हात पार्‍यो। यो सहीत नेपालको पदक संख्या ९ पुगेको छ र ति सबै काश्य पदक हुन् ।
सो स्पर्धामा बंगलादेशले स्वर्ण भारतले रजत पदक जित्न सफल भए । नेपालका तर्फबाट टीकाराम श्रेष्ठ, चानस र्राई र कृष्णबहादुर घोरासैनीले टिम इभैन्ट्समा प्रतिस्पर्धा गरेका थिए । श्रेष्ठले ५ सय ७८, राइले ५ सय ७४ र घोरासैनीले ५ सय ६७ अंक प्राप्त गरे । उनीहरुमध्येबाट श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । टिम इभेन्ट्समा उत्कृष्ट नतिजा निकँलने सबै दैशका १/१ जनाले अन्तिम चरणमा स्थान बनाएका हुन् ।

आजै हृयाण्डबलमा बङ्गलादेशले अफगानिस्तानलाई पराजित गरेपछि नेपाल समुह उपविजैता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाईनलमा नेपालले पाकिस्तान संग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी हकीतर्फराउण्ड रोविनको अन्तिम खेलमा नेपालले बंगलादेशसंग र्सवाधिक अन्तरको हार बेहोरेको छ । अन्तिम खैलामा नैपाल २४-० गोललै को अन्तरले पराजित भएकौ हो। यसअघि मद्रास सागमा नेपालले पाकिस्तानसंग २२-० को पराजय ब्यहोरेको थियो ।

यसैबिच, फुटबलमा पदकको होडबाट बाहिरिसकेको नेपालले आज सान्त्वना जीत हात पारेको छ । नेपालले आज भूटानलाई शुन्यका बिरुद्ध २ गोलले पराजित गर्‍यो । दुवै गोल अनिल गुरुङ्गले गरेका थिए ।

आजै बास्केटबलको सेमिफाइनलमा समेत नेपाल अफगानिस्तानसंग १०७-३४ स्कोरले पराजित भएको छ । नेपालले अब कास्य पदककालागि प्रतिस्पर्धा गर्नैछ । बंगलादेशले माल्दिभ्सलाई हिजो हराएपछि नेपालले अन्तिम ४ मा प्रवेश पाएको हो ।

काँश्य पदकको आश गरेको क्रिकेटमा भने नेपाल पाकिस्तानसंग ९१ रनले पराजित भएको छ । ५ टीम सहभागी क्रिकेटमा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल बंगलादेश र श्रीलंकासंग पराजित भएको थियो । नेपालले अब राउण्ड रोविनको अन्तिम खेलमा आगामी शनिवार माल्दिभ्ससंग खैल्नेछ । सो खेलमा विजयी भए नेपालले कास्यकालागि तेस्रो स्थान हात पार्ने टौलीसंग खेल्नेछ । १ सय ७४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनमात्र जोड्न सक्यो । यसअघि टस जितेर ब्याटिङ्ग गरेको पाकिस्तानले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ७३ रन जोडेको थियो । नेपालका लागि क्याप्टेन ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरेले समान रन जोडेका थिए ।

उता, गल्फमा पहिलो दिन आज नेपाली गल्फरलेहरुले मिश्रति परिणम निकालेका छन । पहिलो दिनको खेलमा ४ गल्फरहरुमा सबैभन्दा सफल एम्योचर तर्फा नैपाल च्याम्पिएन रुपक आर्चयलै ३ ओभर ७५ को स्कोर गदै सफल शुरुवात गरेपनि नेपाली गल्फर बिष्णु प्रसाद शर्मा भनै टप टेनमा अटाउन सकेनन । आचार्यलै २० खेलाडीलाई पछी पादै आठौ स्थानमा छन् । सहभागिता जनाएका ४ खेलाडी मध्ये शर्मालै खराब प्रदशन गरेको थिए । २८ जना गल्फरहरुले सहभागिता जनाएको खेलमा उनले आज १५ ओभर ८७ स्कोर बनाएका थिए । पहिलो दिनको खेलमा नेपालले ६ सय ७५ अंक जोडन सफल भएको छ। अन्य नेपाली खेलाडीहरुमा टासी छिरिङ ९ ओभर ८१ टासि घले १२ ओभर ८४ स्कोर जोडन सफल भएका छन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks