Loving nepal news

Thursday, February 11, 2010

महाशिवरात्री महोत्सव २०६६ सुरु

परीक्षणका रुपमा लाइन बस्न नचाहने भक्तजनहरुका लागि रु.एक हजार को टिकटको व्यवस्था
काठमाडौं, २ जेठ (दैनिकी)

महाशिवरात्रीका अवसरमा संस्कृतिमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा. मीनेन्द्र रिजालले महाशिवरात्री महोत्सव/प्रवचनको उद्घाटन वनकालीस्थित हंशमण्डपमा गर्नुभयो । त्यस अवसरमा महात्मा चमेली वाइजी, मुकुन्दशरण, अच्युत सुवेदीलगायतले शिवको महिमा र शिवको महत्वबारे प्रवचन दिनुभयो ।

आज विहान ३ बजेदेखि सुरु भएको मन्दीर दर्शन कार्य श्रद्धाभक्तिपुर्वक जारी रहेको छ । अहिले विहान १० बजेसम्म्को विवरण अनुसार पशुपतिका चारै ढोकाबाट गरी ३ लाखभन्दा बढी भक्तजनले मन्दीरको दर्शन गरिसकेा छन् । चारै ढोका खुल्ला गरिएको यो पहिलोपटक हो । यो क्रम रातभर नै जारी रहनेछ ।

यसपटक परीक्षणका रुपमा लाइन बस्न नचाहने भक्तजनहरुका लागि टिकट -रु.एक हजार) को व्यवस्था गरिएबाट हालसम्म ८ सय जनाले सोझै मन्दीरको दर्शन गरिसक्नुभएको छ । यसका लागि तिलगंगा, रामघाट, वत्सलेश्वरी आर्यघाट पूर्व ढोका भई मन्दीर प्रवेशको व्यवस्था मिलाइएको छ । महाशिवरात्री पर्वका दिन पनि गौशाला चोकको प्रहरी विटसँगैको नेपाल इन्भेष्ट वैंक र तिलगंगास्थित गल्फ क्लवसँगैको नेपाल एसबीआई लिमिटेडको काउन्टरबाट टिकट विक्री भइरहनेछ ।

संस्कृतीमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष मा. डा. मीनेन्द्र रिजालले आज 'महाशिवरात्रि २०६६' को पावन अवसरमा निर्माण गरिएको 'वेभ साइट' www.pashupati.org.np को लोकार्पण गर्नुभयो । पशुपति मिडिया सेन्टरमा आयोजित लोकार्पण कार्यक्रममा मन्त्री रिजालले साइटलाई 'लग अन' गरी र्सार्वजनिकीकरण गर्नुभएको हो ।

भगवान श्रीपशुपतिनाथको पाशुपत क्षेत्रमा आयोजना हुने विभिन्न मेला/महोत्सवबारे देशी/विदेशी हिन्दू भक्तजनलाई छिटो छरितो सूचना दिने क्रममा पशुपतिका विभिन्न पक्ष समेटेर कोषद्धारा निर्मित 'वेभ साइट' www.pashupati.org.np को निर्माण गरिएको छ । साइटको निर्माणले धार्मिक पर्यटक बढाउन पनि टेवा पुर्‍याउने कोषका सदस्य सचिव सुशील नाहाटाले बताउनुभयो । उहाँ यस साइटलाई आगामी दिनमा थप विस्तार गरिने जानकारी पनि दिनुभयो । सूचना तथा प्रचार प्रसार समितिका संहसंयोजक मिथिलेशकुमार झाले भट्ट र भक्तजनहरुको सहयोगले पशुपतिलाई विश्वव्यापी बनाउन सकिएको धारणा राख्नुभयो ।

वेभर्साईटले पशुपति क्षेत्रका सूचना, जानकारी, तस्वीरहरु लगायत शिवरात्रि जस्ता मुख्य पर्वहरुबारे वितृत जानकारी समेटिएको निर्माण संस्था मिडिया चौतारीका निर्देशक प्रवेश सुवेदीले जानारी दिनुभयो । यसमा पशुपति क्षेत्रको नक्सा, दर्शन तालिका, मन्दीर खुल्ने समय, कोषको गुरुयोजना आदि सामग्री समेटिएको छ । पवित्र पाशुपत क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानका लागि सहयोगी सामग्रीसमेत क्रमशः थपिँदै लगिनेछ।
महाशिवरात्री व्यवस्था मूल समारोह समितिअर्न्तर्गतको सूचना तथा प्रचार प्रसार समितिको सिरफारिश एवं संयोजनमा यो वेभ साइटको निर्माण गरिएको हो । यस साइटको बढीभन्दा बढी प्रयोग गर्न हुन कोष सबैमा आग्रह गर्दछ ।

राष्ट्रपतिको आगमन साँझ ६ बजे
महाशिवरात्रीका अवसरमा आज साँझ ६:०० बजे महामहिम राष्ट्रपति डा. रामवरण यादवले पशुपति मन्दीरको दर्शन गर्नुहुनेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks