Loving nepal news

Monday, February 1, 2010

अपहरणको अभियोगमा ११ माओवादी कार्यकर्ता पक्राउ

इटहरी १९ माघ(दैनिकी)

संखुवासभाका व्यापारी पासाङ शेर्पाको अपहरणमा सङ्लग्न भएको आरोपमा एकीकृत नेकपा माओवादीका कोचिला राज्य समिति सचिवालय सदस्यसहित ११ जनालाई सुनसरीबाट प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभाका शेर्पाको अपहरणमा सङ्लग्न रहेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाले जानकारी दिनु भयो । कोचिला राज्य समितिका सचिव मोहन तिम्सिना, इटहरी नगर इञ्चार्ज नवीन सुव्बासहितका छन् ।
माओवादीका सचिव सीपी गजुरेलले तस्करीको सामान पक्राउ गरेको विषयमा छलफल चलिरहँदा ती व्यापारी बाहिर गएर प्रहरीलाई माओवादी कार्यकर्ताले आफूलाई अपहरण गरेको भन्दै उजुरी दिएपछि उनीहरु पक्राउ परेका बताउनु भयो ।
तर प्रहरीले भने व्यापारीलाई बाँधेर राखेको अवस्थाबाट छुटाइएको बताएको छ । हिजो बलुका ईटहरीको मकालु लजबाट अपहरित संखुवासभाका व्यापारी पासाङ सेर्पालाई बिहान २ बजे प्रहरीले एकिकृत नेकपा माओवादीको ईटहरी वडा नं ५ जनता वस्तीको वडा कार्यालयबाट सकुसल अपहरण मुक्त गराएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिटौलाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks