दशरथ घिमिरे नेपालगञ्ज २१ माघ
आगामि जेठ १४ गते जारी हुने नयां संबिधान युवा मैत्रि हुनुपर्ने कुरा बुधबार नेपालगञ्जमा भेला भएका मध्यपश्चिम तथा सुदुरपश्चिमका युवाहरुले जोड दिएका छन । ०६७ जेठ १४ मा जारी हुदै गरेको संबिधानमा युवाहरुका सवालहरुलाई बढि प्राथकित्ताका साथमा समाबेस गराउन दवाको आवश्यक्ता रहेको भन्दै सम्पुर्ण युवाले आ-आफ्नो क्षेत्रबाट रचनात्मक शान्तिपुर्ण दवाव सृजना गर्नुपर्ने वेला आएको युवाहरुले बताएका छन । निर्धारीत समयमा संबिधान जारी गराउन राजनैतिक दलहरुबाट संबिधान निर्माणको कार्यलाई प्राथमिक्तामा नपारेकाले कतै संबिधान नबन्ने हो कि भन्ने चिन्ता युवाहरुले ब्यक्त गरे भने त्यसलाई निरासमा नबदल्न राजनैतिक दलका युवा भात्रि संगठन लगाएत सबैले दलहरुलाई दवाव दिन सबै एक जुट हुनुपर्ने बताएका छन ।
नेपाल युवा सञ्जाल र युवा अभियान ले नेपालमा नयां संबिधान निर्माण प्रक्रिया र युवाका सवालहरु बिषमा मध्य तथा सुदुरपश्चिम जिल्लाका युवाहरुका सवालहरु प्हिचान गर्ने उदेश्यले गरेको कार्यक्रमका सहभागिहरुले बन्दै गरेको संबिधान युवा मत्रि भएमात्र युवाले भोगिरहेका समस्या समाधान हुने आशाब्यक्त गरेका थिए । सहभागि युवाहरुले संबिधान मार्फत युवाको पहिचान खुल्नेगरी राष्ट्रिय नितिको निर्माण गरीनु पर्ने, संबिधानमा युवाको शिक्षा, स्वास्थ्य, रोजगार लगाएत आबश्यक्तालाई मौलिकहकको रुपमा ब्यबस्था गरीनु पर्ने, युवाहरुको ईच्छा र रुचिका आधारमा शिक्षा प्रदानको नयां खाले ब्यबस्था गरीनु पर्ने, स्थानिय स्तरमा रहेको श्रोत साधनको उचित प्रयोग गरी स्वरोजगारीको वातावरण सृजना गरी बिदेस पलायनलाई रोक्ने निति निर्माण गरीनु पर्ने, युवाहरुमा राज्यले लगानि गर्ने र लगानि गरेवाफत राज्यको विकासको निम्ति युवा खटिने, राज्यका हरेक निकायहरुमा सम्मान जनक सहभागिता र नेतृत्व लिनु पर्ने लगायतका बिषय बस्तुलाई संबिधानमा राखिनु पर्ने माग सहभागिहरुले राखेका छन । कार्यक्रममा नेपालमा नयाा संबिधान निर्माण प्रक्रिया र युवाका सवालहरु को बिषयमा अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकका वालकृष्ण वस्नेतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्य पत्रमा संबिधान बनाउन गठन गरीएका बिभिन्न नौं बिषयगत समितिले आफ्ना कार्यहरु अघि बढाएपनि चुलिदै गएको राजनैतिक असहमतिका कारण संबिधान निर्माणमा चुनौति थपिएको, तल्लो स्तरका नागरीकहरुमा संबिधान प्रति उच्च नागरीक महत्वकाक्षां सृजना भएको भन्दै संबिधान लेखनको कामनै वांकि रहेको औंल्याउनु भएको थियो । अधिकारका ज्ञारेण्टिका वारेमा जानकारी नगरायर उच्च नागरीक महत्वकाक्षां बढि देखिएको छ यो एउटा चुनौतिको रुपमा आएको छ । बस्नेतले कार्यपत्रमा भन्नु भएको छ ।
कार्यक्रममा नेपाल युवा सञ्जाल का कार्यक्रम संयोजक लक्ष्मि निरौला, महासचिव रमण नेपालि, युवा अभियानका कार्यकारी अधिकृत नारायण अधिकारी, स्वयमसेवक डाक्टर सुसिल कोईराला लगाएतले कार्यक्रमको सहजिकरण र आ-आफ्नो अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा दाङ, बाके, बर्दिया, सुर्खेत, अक्षाम लगाएतका जिल्लाका युवा संस्था र राजनैतिक दलका युवा भात्रि संगठनका ३० बढि युवाहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks