Loving nepal news

Thursday, February 11, 2010

दुई जना प्रेमीहरुको रोमांचक यात्रा ´काइट्स´


काठमाडौं, २८ माघ (दैनिकी)

बलिउड अभिनेता ऋतिक रोशन तथार मेक्सिकन मोडल बारबरा मोरीद्बारा अभिनीत चलचित्र काईट्स २१ मेका दिन प्रदर्शन हुने भएको छ। यस चलचित्रलाई अंग्रेजी तथा हिंदी दुबै भाषामा निर्माण गरिएकोमा हिंदी भाषी चलचित्रको प्रोमो शुक्रबार देखी संसारभरका लगभग १७०० सिनेमाहलहरुमा देखाईने भएको छ। केहि समयपछी यसको अंग्रेजी भाषी चलचित्रको प्रोमो संसारभरका १००० भन्दा बढी सिनेमाहलहरुमा देखाईने भएको छ।
रिलायंस बिग पिक्चर्सका प्रमुख संजीव लांबाका अनुसार भारतिय चलचित्रहरुले पनि बिश्वमा सफलता हासिल गर्न सक्छ भनेर यस चलचित्रले देखाउनेछ। काइट्स दुई जना प्रेमीहरुको रोमांचक यात्रा बारेमा बनाईएको चलचित्र हो। यसै यात्रालाई यस चलचित्रमा रोमाञ्चक ढगंले प्रस्तुत गरिएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks