Loving nepal news

Thursday, February 18, 2010

तनहुँको भीमाद बजारमा पनि बर्ड फ्लु

पवन पौडेल/दमौली तनहुँ ७ फागुन

तनहुँको सदरमुकाम दमौली बजार र निकटको व्यापारिक केन्द्र भीमाद बजारमा बर्डफ्लु देखा परे लगत्तै जिल्लाको अर्को व्यापारिक केन्द्र भीमाद बजारमा समेत बर्डफ्लु देखिएको छ।
भीमाद बजार वडा नंम्बर एक मालेबगरमा हिजो ७ वटा हाँस मरेपछि पोखरामा गरिएको परीक्षणमा त्यस बर्डफ्लु भएको पुष्टि भएको हो। स्थानिय प्रेमकुमार श्रेष्ठ र लक्ष्मी परियारको घरमा हाँस मरेपछि परीक्षणका लागि पोखरा पठाइएको थियो।
त्यसलगत्तै त्यस क्षेत्रमा करिब साँढे दुई सय हाँस र कुखुरा नष्ट गरिएको छ।
बर्डफ्लु नियन्त्रण कक्ष पोखराका सूचना अधिकृत डाक्टर अमर शाहले आज विहान खटिएको बर्डफ्लु नियन्त्रण टोलीले सो परिमाणमा हाँस कुखुरा नष्ट गरेको जानकारी दिनुभयो।
उहाँले बर्डफ्लु नियन्त्रण नभएसम्म त्यस क्षेत्रमा थप परिक्षण गरी हाँसकुखुरा नष्ट गरिने जानकारी दिनुभयो। तनहुँ उद्योग वाणिज्य संघ भीमाद बजार इकाइका सभापति हस्तबहादुर खड्काले अन्यत्र समेत हाँस तथा कुखुरा मरेको जानकारी दिनुभयो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks