Loving nepal news

Monday, February 15, 2010

दलिय कामलाई थाँती नराखेसम्म संविधान जारी गर्न नसकिने

प्रियास्मृती ढकाल बाँके ३ फाल्गुन

संविधानसभा उपाध्यक्ष पूर्णा कुमारी सुवेदीले दलिय कामलाई थाँती नराखेसम्म तोकिएको समयमा संविधान जारी गर्न नसकिने बताउनु भएको छ। गैर सरकारी संस्था महासंघ बाँकेद्धारा आज नेपालगञ्जमा आयोजित नयाँ संविधानका लागि तयार पारिएका मस्यौदा अवधारणा सम्वन्धी कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याई समयमै संविधान निर्माण गर्ने प्रतिवद्धताप्रति राजनैतिक दलहरु इमान्दार नदेखिएको भन्दै उहाँले ६७ जेठ १४ गतेभित्र संविधान बन्न नसक्ने दावी गर्नु भयो। संविधान निर्माण प्रक्रियाका काम र गतिवीधीप्रति असन्तुष्ट देखिनु भएकी उपाध्यक्ष सुवेदीले दलहरुवीचको सहमति र सहकार्यले मात्र संविधान निर्माणले मूर्त रुप लिने जीकीर गर्नु भयो। यही गतिमा काम भए कुनै पनि हालतमा तोकिएको समयमा संविधान जारी गर्न सकीदैन–उहाँको तर्क थियो। जनताको हरेक अधिकार सुनिश्चित गर्ने संविधान निर्माणप्रति नै दलहरु स्वार्थपूर्वक लागिरहेको तितो यथार्थता समेत उहाँले पोख्नु भयो। संविधान जारी गर्न नसके दलहरुले जनतासँग समय माग गरेर पुनः अनुमोदन गर्नु पर्ने समेत उहाँको सुझावयूक्त भनाई थियो। जनतालाई भ्रम र अलमलमा पार्न नमिल्ने उहाँको भनाई थियो। संविधान निर्माणका लागि जनताबाट आएका सुझाव र दस्तावेजलाई संविधानमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नु भयो। महासंघ बाँकेका अध्यक्ष तेजविक्रम शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजनैति दलका प्रतिनीधी नागरिक समाज का प्रतिनीधी, मानवअधिकारकर्मी लगाएतले बोल्नु भएको थियो। दुईदिनको छलफलपछि तयार पारिएको १० वटा विषयका अवधारणा कार्यक्रममा प्रस्तुत गरिएका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks