Loving nepal news

Thursday, February 11, 2010

मल्लिकाको हलिउडमा समेत माग


हलिउडमा तहलका मच्चाएको अवतारका अभिनेतासंग चलचित्र खेल्ने
काठमाडौं, २९ माघ (दैनिकी)

बलिउडकी अभिनेत्री मल्लिका शेरावत डेढ बर्षदेखी अमेरीकाको लस एंजलीसमा बस्न थालेकी छिन्। उनी अन्य भारतिय अभिनेत्रीहरु झै भारतमा बसेर हलिउडको चलचित्रहरुमा खेल्न चाहदिनन्। यसले उनले आफ्नो बासस्थाननै अमेरीकाको लस एंजलीसमा बनाएर बिदेशी हुन पुगेकी हुन।
मल्लिकाले समयमा नै बलिउडमा मात्र नभएर हलिउडमा पनि तहलका मनाउने बिचार गरेर यस बारेमा निर्णय गरेकी छिन। उनले हलिउडका प्रसिद्ध अभिनेता जैकी चैनको चलचित्रमा द मिथमा अभिनय गरिसकेकी छिन। यसैले उनको हलिउडमा समेत माग हुन थालेको थियो। हालै उनले हलिउडको हर्को चलचित्र हिसमा काम गरिरहेकी छिन। यस अलावा उनले हालै हलिउडमा तहलका मच्चाएको अवतार चलचित्रका अभिनेता लाज एलान्सोंका साथ एक चलचित्र खेल्ने भएकी छिन।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks