Loving nepal news

Tuesday, February 2, 2010

पाँचौ दिनको खेलमा नेपालको राम्रो प्रदर्शन


हयान्डबल खेलमा नेपालले अफगानिस्तानलाई पराजित/ नेपाली महिला टोलीले फुटबलमा श्रीलंकालाई ८-० ले पराजित
मनोरञ्जन शर्मा ढाका,१९ माघ

बंगलादेशको ढाकामा जारी एघारौ साग खेलकुदको पाचौ दिन सम्ममा नेपालले ८ काश्य पदक प्राप्त गर्न सफल भएको छ । आज पुरुष कबड्डीमा नैपालले काश्य पदक प्राप्त गरेको छ । उता महीला कबड्डीमा पनि नेपालले पहीलानै काश्य पदक प्राप्त गरीसकेको छ ।

नेपालले मंगलबार बिभिन्न एघार खेलमा प्रतिष्पर्धा गरेको थियो । खेलको शुरुवात ब्याडमिन्टनबाट गरेको नेपालले उल्लेखनिय प्रदर्शन गर्न सकेन् । मंगलबार बिहान सम्पन्न भएको खेलमा मिक्स डबल्स तर्फनेपालका बिकाश थापा र सरादेबि तामाङका् जोडि बंगलादेशका सप्ला अक्तार र रशेल कबिर संग पराजित भएको थियो ।

यसैगरी किशोर राना र साजन कृष्ण ताम्रकारकोको जोडिलाई मालदिम्भका महमद रहिद र हसनकौ जोडिले पराजित गरेको थियो । यसैगरी बिशाल प्रधान र बिकास श्रेष्ठको जोडिलाई बंगलादैशको जमिल अहमद र दुलेट हकको जोडिले पराजित गरेको छ । मेन्स सिगल तर्फौ खेलमा राजेन्द्र तामाङलाई पराजित भएका छन ।त्यस्तै गरी ब्याडमिन्टनको पुरुष तथा महीला सिंगल्स तर्फौ खेलमा पनि नेपाली खेलाडीहरु रत्नजित तामांग र सुजना श्रेष्ठ पनि पराजित भएका छन् । ब्याडमिन्टनमा हार संगै नेपालको आशा २ काश्यमा मात्र सिमीत भएको छ ।

उता आजै भएको हयान्डबल खेलमा नेपालले अफगानिस्तानलाई २३ का बिरुद्ध ३३ गोल अन्तरले पराजित गरेको छ । पहिलो पटक ११ औ सागमा भाग लिएको लिएको नेपाली हृयान्डबल टोलिले अफगानिस्तानलाई २३ का बिरुद्ध ३३ गौल अन्तरले पराजित गदै नेपाल पहिलो पटक सेमिफाईनल नजिक पुगैको छ ।

नेपालको जितमा अमर श्रेष्ठले १५ गोल को योगदान दिएका थिए । नेपालले पहिलो हाफमा १२ का बिरुद्ध १७ गोलको अग्रता लिन सफल भएको थियो । समग्रमा नेपालले अफगानिस्तानलाई दश गौलको अन्तरले पाखा लगाएको थियो । सोचे भन्दा पनि राम्रो खेलेको भन्दै नेपाल जितको हकदार भएको नेपाली प्रशिक्षक प्रकाश सिह ठकुरीले बताउनु भयो । नेपाल हृयान्डबल सघका अध्यक्ष तेज बहादुर गुरुङले खेलाडीहरुलाईर् इन्डौर मैदानमा नै अभ्यास गराउन सकेको भए नेपालले पदक सहित घर र्फकन सक्नै विश्वास रहेको बताउनु भयो ।

उता नेपालले आज बिहान सम्पन्न भएको कवाद्ध्ी तर्फौ खेलमा श्रीलंकलाई १६ का बिरुद्ध २४ स्कौरलै पराजित गदै कपर्दि तर्फपहिलौ पदक प्राप्त गर्न सफल भएकौ छ । नेपालले कपर्दीमा पहीलौ पटक पदक प्राप्त गर्न सफल भएको हो । नेपालले कास्य पदक प्राप्त गरेपछि डिजे राजुको कान्छा है कान्छा बोलका गित डिजेले बजाउदा नेपाली खेलाडी तथा अफिसियलहरु माजले नाचेका थिए ।



आज सम्पन्न भएको पुरुष तर्फौ हक्कि खेलमा नेपाल श्रीलंकसग १५ एक गोल अन्तरले पराजित भएको छ । नेपाल यस अघि भारत र पाकिस्तानसग ठुलो अन्तरले पराजित भएपनि आजको खेलमा नेपालले लिगको तेश्रो खेल खेलेको थियो । आजको खेलमा नेपाल श्रीलंकाबाट पराजित हुदै खेलबाट बाहिरिए पनि नेपालले गोल गरी रेकर्ड बनाउन सफल भएकौ छ ।



नेपालको तर्फाट ऐतिहासिक गोल दोश्रो हाफको ७० मिनेटमा दीपेन्द्र ऐरले गोल गरेका थिए । यो गोल नेपालका लागि मद्रासमा सम्पन्न भएको प्रतियोगिता पछिको दोश्रो गोल हो । मद्रासमा सम्पन्न भएको १९९५ खेलमा नेपालका लागि जितेन्द्र श्रेष्ठले गोल गरेका थिए ।

उता महीला फुटबलमा जमुनाको ह्याटि्रकसंगै नेपालको शानदार जित भएको छ । पुरुष फुटबलमा नमिठो हार बेहोर्दै प्रतियोगितावाट बाहिरिएको भोली पल्ट नेपाली महिला टोलीले फुटबलमा श्रीलंकालाई ८-० ले पराजित गर्दै थौरै भएपनि राहत प्रदान गरेको छ। यसजितसंग नेपाली महिला फुटबल टोलीले फाइनलको सम्भावनालाई प्रबल बनाएको छ।

प्रारम्भमा केहि दबाबमा देखिएको नेपाली टोलीको लागि पहिलो गोल खेलको ३६ मिनेटमा मात्र संम्भव भएको थियो। पहिलो गोलका लागि लामो समय कुर्नु परेको नेपाली टोलीले त्यसपछि गोलको बर्षा सूरु गरेको थियो। खेलको ३६ औ मिनेटमा नेपालकी अनु लामाले डी बक्स भित्र अलमलिएकौ बललाई बिपक्षीको पोष्ट भित्र निशाना लगाएपछि पहिलो गौल सम्भव भएको थियो।

खेलको ४० औ मिनेटमा सजना लामाले नेपालका लागि दोस्रो गोल गरिन। उनले अनुको लामाको पासलाई सदपयोग गर्दै गौल गरेकी थिइन। पुन खेलको ४२ औ मिनेटमा अनु लामाले श्रीलंकाविरुद्ध तेस्रो गोल थपिन। मध्यान्तरसम्म ३-०ले अगाडि रहेको नेपाली टोलीले मध्यान्तरपछि पाँच गोल थपेको थियो। स्वभाविक खेल प्रदशन गर्न नसकेको पुरुष फुटबलको दाजोमा महिला टोलीेले निकै आकर्ष फुटबलको प्रदशन गरेको थियो। सटिक पास, उत्कृष्ट तालमेल नैपाली टोलीको जितको आधार गरह्यो। मध्यान्तर सकिएको एक मिनेट बित्न नपाउदै नैपाली टोलीकी कप्तान जमुना गुरुङले श्रीलंकाविरुद्ध गोल गर्दै गौल अन्तर बढाएकी थिइन। कप्तान जमुनाले पुन लगातार ५९ औ मिनेट र ६२ औ मिनेटमा दुइ गोल थप्दै साग फुटबलमा ह्याटि्रक पुरा गरीन । सम्भवत जमुना सागकोमहिला फुटबलमा ह्याट्रीक पुरा गर्ने पहिलो महिला फुटबलर बनेकी छिन।

खेलको ८० औ मिनेटमा लक्ष्मी पौडेलले श्रीलंकारुद्धि लामो प्रहार गर्दै सातौ गोल तथा रन्जना दर्जीलै ८१ मिनेटमा आठौ गोल गरेकी थिइन। रन्जनाले कर्नरछैउ वाट दिएको पासलाई नियन्त्रणमा लिदै अन्तिम गोल गरेकी थिइन। खेलपछि प्रशिक्षक ध्रुब केसीले खेलाडीहरुले सोचे अनुरुपको प्रदशन गर्दा सुखद नतिजा निस्केकौ बताए।

केसीले भने, सबै खेलाडीले आफ्नो पोजिसनमा खेल्दा बिपक्षीलाई माथ ख्वाउन सजिलो भयो। नैपाली टोलीकी कप्तान जमुना गुरुङले टोलीका साथीहरुले उत्कृष्ट खेल प्रदशन गरको कारण भारी अन्तरकौ जित हात पारेको बताइन। उनले भनिन, कसैले गल्ती नगरी खेल्यौ र परिणाम पनि त्यस्तै आयो।

आगामी खेलमा अझ सुधारिएको प्रदशन गर्नै बचनबद्धता जमुनाले गरिन। पुरुष फुटबलमा हारेर खिन्न देखिएका अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा लगायतका पदाधिकारीहरु जित पछि मैदानमा खेलाडीलाई बधाइ दिन आतुर दैखिन्थे।

उता आजै भएको स्क्वासको टिम इभेन्ट तर्फ खेलमा नेपाल पराजित भएको छ । नेपालले श्रीलंका सग सोझो सेटमा तिन सुन्यले पराजित भएको हो । त्यस्तै आज साझ भएको खेलमा नेपाल श्रीलंका सग पराजित भएपनि नेपालले कास्य पदक प्राप्त गनै सफल भएको छ ।

त्यस्तै गरी नेपालले सहभागिता जनाएको आजको भारोत्तोलन खेलमा नेपालका दुबै खेलाडीले पराजय ब्यहोरेका छन । आजको खेलमा नेपालका मुन्ति लाल यादब र गोपल बहादुर श्रेष्ठले पराजय भएपछि भारोत्तोलबाट यस पटक पदक नेपाली टोली पदक बिहीन भएर घर र्फकन बाध्यभ एकौ छ ।

उता सुटिङ्गमा महिला तर्फौ टिम तर्फ१० मिटर एयर र्राईफल सुटिङ्ग तर्फआज नैपालले चौथौ स्थानमा चिक्त बुझाएको छ । नेपालको तफबाट सहभागि फुलमाया क्याप्छी, मनिषा र्राई र अस्मिता र्राईलै सौचे जस्तो प्रदशन गर्न सकैनन । यस समुहमा बंगलादैश प्रथम, भारत दोश्रो तथा पाकिस्तान तेश्रो भएको छ ।

र्साईक्लिङ तर्फ१ सय ७० किलौमिटरकौ रोडरेश र्साईकिलनमा नैपालका अजय पन्डित १२ औ स्थानमा रहेका छन । त्यस्तै नेपालका मंगलकृष्ण लामा २० ओ तथा राजकुमार २१ औ स्थानमा आएका छन ।

उता गल्फको खेलहरु पनि आज भएका छन भने भलिबलमा नेपालले बंगलादेशलाई ३: २ सेटलै पराजित गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks