दशरथ घिमिरे लमही २४ माघ
केहि दिन यता नेपालि काङ्ग्रेसका केन्दि्रय सदस्य एवं पुर्व गृहमन्त्रि खुमबहादुर खडका गृह जिल्ला दाङमा कार्यकर्ता भेटघाटमा ब्यस्त रहनु भएको छ । पार्टि सुदृढिकरण गर्ने अभियानमा हिडनु भएका खड्का आईतबार देउखुरी बहुमुखि क्याम्पसका बिद्यार्थि माझ देखा पर्नु भयो । गृह जिल्लामा रहेको क्पयाम्पसलाई सहयोग गर्ने प्रतिबद्धता उहांले ब्यक्त गर्नु भएको छ । संबिधान सभाको निर्वाचनका क्रममा देउखुरी क्षेत्र नंबर १ बाट उम्मेदवारी दिनु भएका खडकाले निर्वाचन हारेपछिको यो पहिलो औपचारीक कार्यकर्ता भेट घाट हो ।
निर्वाचन हुन दुई दिन अगाडि लमहीमा सात जना माओबादि कार्यकर्ताको ज्यान जाने गरी भएको घटनामा खड्काको नाम जोडिएको थियो । त्यसपछि उहां देउखुरीमा हुने औपचारीक कार्यक्रममा सहभागि हुनु भएको थिएन । कडा सुरक्षाका बिचमा उहां यहिले कार्यकर्ताको भावना बुझन गाउं गाउंमा जान लाग्नु भएको हो । निर्वाचन पछि पार्टि कमजोर हुदै जान थालेपछि काङ्ग्रेसले देश ब्यापि दौडाहा थालेको हो । देउखुरीमा रहदा उहांले पार्टि कार्यकर्ता संग भेट गर्नु भएको थियो ।
यसै बिच उहां आईतबार बिहान देउखुरी वहुमुखि क्याम्पसमा आयोजना गरीएको कार्यक्रममा क्याम्पसको स्तर बृद्धिका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । त्यसक्रममा क्याम्पस स्थापनाकालमा बिशिष्ट सदस्यका लागि लाग्ने शुल्क मध्य पचांस हजार तिर्न बाकिं रहेको कुरा वाहिर आएपछि खडकाले अहिले आफु संग रकम नभएकाले पछि दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । बिशिष्ट सदस्यका लागि एक लाख लाग्ने र उहांको प्रतिबद्धता अनुसार पचांस हजार अझै तिर्न वाकिं रहेको श्रोतले बताएको छ ।
नेपाल बिद्यार्थि संघ देउखुरी वहुमुखि क्याम्पस ईकाइले आयोजना गरेको देउखुरी स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उदघाटन कार्यक्रममा खडकाले डिग्री क्याम्पस स्थापना का लागि सक्दो सहयोग रहने बताउनु भएको छ । क्याम्पस प्रसासनले कलेज सन्चालनका लागि सहयोगको याचना गरेको छ । ईकाइ सभापति मधु थापाको अध्यक्षता एवं खडकाको प्रमुख आतिथ्यमा उदघाटन गरीएको कार्यक्रममा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष दिलिप राज खनाल, क्याम्पस प्रमुख शेषमणि गौतम लगाएतले क्याम्पसलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks