रामहरि न्यौपाने ७ फागुन काठमाडौं
संबैधानिक राजतन्त्र, हिन्दु अधिराज्यको वकालत, संघियताको विरोध गर्दै राज संस्थाको पक्षपोषण गर्न नयाँ राजनीतिक दलको स्थापना भएको छ। राजधानिमा आज पत्रकार सम्मेलन गरि राष्टि्रय राजनीतिक अध्ययन समाज राजनीतिक दलको गठन भएको सो दलका संयोजक शरदचन्द्र दहालले घोषणा गर्नु भयो। राष्ट्रमा राजनीतिक गतिरोध बढ्दै जाँदा राजसंस्थाको बारेमा जनमतसंग्रह गरेर मात्र राज संस्थालाई हटाउन उपयुक्त हुने संयोजक शरदचन्द्र दहालको माग थियो। उनले थपे जनमतसंग्रह गर्नु भन्दा अगाडी राजालाई नारायणहीटी दरबारमा राख्नु पर्छ त्यस पछिको निर्णय नै वैधानिक हुनेमा जोड दिए। संविधान सभाले अवैधानिक निर्णय गरेको भन्दै राजतन्त्र जस्तो लोकप्रिय संस्था खारेज गरेको भन्दै उनले असन्तुस्ट पाखे। प्रमुख राजनीतिक दलहरु गणराज्य घोषणा गर्दै दिड्ने, सत्ता परिवर्तनको धन्दामा लाग्ने र सत्ता टिकाउने उपायको खेलमा लाग्ने उदाहरण दिदै उनले पुन राजसस्थाको स्थापना हुनेमा जिकिर गरे। आफ्नो दललाई राजाको प्रत्यक्ष सहयोग रहेको बताउदै ८२ प्रतिशत हिन्दुहरु भएको देशमा हिन्दु राज्य घोषणा हुनुपर्ने उनको माग छ। संघियताले देश टुक्रिन्छ भन्दै विकेन्द्रिकरण प्रणाली उपयुक्त हुनेमा जोड दिए। विहिबार मात्रै मुस्कान सेना नेपालले राजधानीमा एक हजार एक लडाकु दस्ता परिचालन गर्ने घोषणा संगै राजाको सक्रियतामा नयाँ दल गठन हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks