काठमाडौं, ६ फागुन (दैनिकी)
बलिउडका राजा यानीकी किगं खानको चलचित्र माय नेम इज खान तथा आमिर खानको चलचित्र थ्री इडियट्स बीच तुलना हुन थालेपछी आमिरले यस बारेमा बोलेका छन। आमिरका अनुसार माय नेम इज खानले राम्रो व्यापार गरेतापनि यसले थ्री इडियट्सलाई जितेको छैन। उनले अगाडी भने 'शाहरूखले थ्री इडियट्स भन्दा माय नेम इज खान बढी चलेको देखाउन मिडिया तथा आफ्नो सम्पुर्ण शक्ती लगाएको खुलासा गरे।
आमिरले मीडियालाई त शाहरुखले किनेर प्रयोग गरिरहेको समेत बताए। यता आमिरको आलोचना पछी चलचित्र बिश्लेषकहरुले आमिरको भनाईमा केही सत्यता रहेता पनि शाहरूखलाई मनपराउनेहरुको कमी नरहेको, शाहरुखको छबीले चलचित्र प्रती दर्शकहरु आकर्षित भएको तथा चलचित्रले सोचे भन्दा निकै राम्रो व्यापार गरिरहेको निष्कर्ष निकालेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks